रेडियो र टेलिभिजन पत्रकारितामा डेढ दशक लामो अनुभव संगालेका कोइराला सञ्चार क्षेत्रका परिचित व्यक्ति हुन् । उनी कार्यक्रम उत्पादक तथा प्रस्तोताका रुपमा सक्रिय छन् । पत्रकारिता र ग्रामिण विकासमा स्नातकोत्तर गरेका कोइराला साझा कथाका प्रकाशक हुन् ।
पत्रिका, रेडियो र टेलिभिजन तीनै विद्याका अनुभवि श्रेष्ठ विगत डेढ दशकदेखि पत्रकारितामा सक्रिय छन् । स्वतन्त्र पत्रकार उनी पर्यटन पत्रकारितामा विशेष दख्खल राख्छन् । श्रेष्ठ साझा कथाका सम्पादक हुन् ।
टेलिभिजन पत्रकारितामा एक दशक बढी अनुभव संगालेका महतो खोजी तथा जोखिम पत्रकारितामा रुची राख्छन् । उनी यस अघि एभिन्यूज तथा न्यूज २४ टेलिभिजनमा कार्यरत थिए । महतो साझा कथाका सिनियर स्टोरी टेलर हुन् ।
श्रव्य/दृश्य क्षेत्रमा ७ वर्षदेखि कृयाशील पाण्डेय कथालाई सरल रुपमा प्रस्तुतगर्न सक्ने क्षमता भएका व्यक्ति हुन् । अंग्रेजी साहित्यमा स्नातकोत्तर गर्दै गरेका उनी साझा कथाका स्टोरी टेलर हुन् ।
श्रव्य/दृश्यमा एक दशकलामो अनुभव संगालेका लामिछाने पत्रकारिताको पछिल्लो अभ्यासलाई आत्मसाथ गर्छन् । कथा उत्पादनमा विशेष दख्खल भएका उनी साझा कथाका स्टोरी डेभ्लपर हुन् ।
पात्रसँगको संवेदनशीलता, विषयको गहनता र संकलनमा नीडरता माझीका विशेषता हुन् । पत्रकारितामा स्नातकोत्तर गर्दै गरेकीउनी साझा कथाकी स्टोरी टेलर हुन् ।
कथाको संवेदनशीलता बुझेर त्यसलाई प्राविधिक नजरले उत्कृष्टताको उचाइमा पुर्याउनु पर्छ भन्ने मान्यता राख्ने उनी साझा कथाका प्राविधिक प्रमुख हुन् ।
क्यामेराको लेन्सबाट डेढ दशक बढी कटुवालले देश हेरे र परिवेश देखाए । कटुवाल फ्रेम बाहिरका दृश्यलाई कथामा उतार्न सिपालु छन् । उनी साझा कथाका क्यामेरा प्रमुख हुन् ।
श्रव्य/दृश्य सम्पादनमा पाँच वर्ष अनुभव भएका दवाडीमा भिजुवलका माध्यमबाट कथालाई थप जीवन दिन सक्ने खुबी छ । स्टोरी टेलरको भावनलाई सहज रुपमा ग्रहण गर्न सक्ने उनी साझा कथाका दृश्य सम्पादक हुन् ।
एक दशकदेखि साउण्ड रेकडिष्ट तथा ब्याकग्राउण्ड म्युजिक कम्पोजमा सक्रिय थापा कथामा संगीत भरेर जीवन्त बनाउन निपूर्ण छन् । उनी साझा कथाका ब्याकग्राउण्ड म्युजिक कम्पोजर तथा रेकडिष्ट हुन् ।
आमसञ्चार तथापत्रकारितामा स्नातकोत्तर गरेका पौडेल एक दशकदेखि मिडिया व्यवस्थापनमा क्रियाशील छन् । कुशल व्यवस्थापनबाट मौलिक कथा उत्पादन सम्भव छ भन्ने बुझेका उनी साझा कथाका व्यस्थापन तथा प्रशासन प्रमुख हुन् ।
मिडिया मार्केटिङमा दुई दशककाम गरेको अनुभव बास्तोलासँग छ । कुनै पनि उत्पादनको ब्राण्डिङ र प्रोमोसनमा तत्काल सृजनात्मक अवधारण बनाउन सक्ने खुबी भएका उनी साझा कथाका स्टोरी प्रमोटर हुन् ।
भिडियोग्राफी र फोटोग्राफीमा एक दशक बढी लामो अनुभव संगालेका गोपालीले लेन्सबाट देश बुझेका छन्, विदेश भोगेका छन् । वस्तुलाई दृश्य मार्फत सहज रुपमा कथा बुन्न सक्ने खुबी भएका उनी साझा कथाका सिनियर क्यामेरा पर्सन हुन् ।
इमान्दारिता र परिश्रमको साझा गुण भएका थापा साझा कथाका प्रशासन सहायक हुन् ।
अनुशासित र हार्दिक स्वभावका उप्रेती व्यवस्थापन संकायमा प्लस २ गर्दैछन् । उप्रेती साझा कथाका मार्केटिङ सहायक हुन् ।