काठमाडौं । कोरोनाको त्रास चीनमा मात्र होइन विश्वभर थियो, संक्रमितहरुको निधन दैनिक बढ्दै थियो, घरमा बन्धक जस्तै थियौं हामी । कवीर श्रेष्ठको चाहा थियो – 'मर्न परेपनि घरै गएर मर्छु ।' तर, हप्तौं कुर्दा पनि नेपाल सरकारले आफूहरुलाई लिन नआएपछि कवीरलाई लाग्यो – 'अब हाम्रो सास र लास दुबै मेरो घरपरिवारले देख्न पाउँदैन ।'