११ कार्तिक, २०७७ | 27 Oct, 2020

सीमा नाप्न गएका टोली दार्जिलिङ पुगेपछि...

झापा । झापा जिल्लाको भान्छाखोला (मेची नदी किनार)का वासिन्दा २०४१ सालको कुरो सम्झन्छन् – ‘सीमा नापीका लागि काठमाडौंबाट झापा आएका टोली र जिल्लाका केही प्रतिनिधी घुम्नका लागि भारतको दार्जिलिङ गएर फर्केपछि भारतीय नापी टोलीले आफूखुशी सीमा यता वर सारिदियो ।
 साझा कथा सम्बाददाता      २२ जेठ, २०७७

करीब ३० विघा जमिन भारततिर पुग्यो, हामी १५ घर परिवार उतै पर्‍यौं ।’

 १५ घर परिवारका सबै सदस्यहरुसँग नेपालको नागरिकता छ । जमिनको लालपुर्जा नेपालकै छ । सबै कागजात नेपाल सरकारकै छ । तर, हामी भारतको जमिनमा बस्दैछौं । अघिल्लो दिन ठीकठाक सबै नेपालमा भएका हामी पछिल्लो दिन अकस्मात भारतमा कसरी भयौं ? भान्छाखोलावासीको प्रश्न छ ।

हाल देशको प्रधानमन्त्री झापाकै छन् । यही प्रधानमन्त्रीले पश्चिम नेपालका कालापानी, लिपुलेक र लिम्पियाधुरा जस्तो अतिक्रमित जमिन फर्काउने ठूलो साहश गर्दैछन् । तर, आफै जन्मेको गृहजिल्लाको जमिन र आफ्नै नागरिक नेपाल फर्काउने साहश किन गर्नुहुन्न ? २०४१ सालमा सीमाङ्कन गर्दा हाम्रा जमिन र हामीलाई पराईदेशमा बेच्ने कर्मचारीलाई किन कारबाही गर्नुहुन्न ? भारतमा गाभिएको जमिन फिर्ता गराउन स्थानीय तहबाट पटकपटक लड्दै आएका एक भान्छाखोलावासी कृष्णप्रसाद उप्रेतीको संघर्षको कथा यस पटकको ‘मेरो कथा’मा ।

  फेसबुकबाट