कालापानी र लिम्पियाधुराका विषयमा केन्द्रमा बहस भए पनि सो क्षेत्र आसपास वसोवास गर्ने नागरिकहरुलाई राज्यले न्यूनतम सुविधा उपलब्ध नगराएको गुनासो पोखेका छन् ।
सडक बाटोको सुविधा नहुँदा नचाहेर पनि भारतीय बाटो प्रयोग गर्नु परेको, खाद्यन्न लगायतका सामग्री ढुवानीमा समस्या हुँदा भारतकै भर पर्नु परेको तथा विद्यालय, अस्पताल, रोजगारी सबै विषयमा भारतसँगै निर्भर रहनु पर्दा आफूहरु छिमेकीसँग निरीह हुनु परेको उनीहरुको भनाइ छ ।