११ कार्तिक, २०७७ | 27 Oct, 2020

भारतीयको दादागिरीः सशस्त्रलाई सीमा अनुगमनमा अवरोध

दार्चुला । नेपाल सरकारले गत जेठ ७ गते भारतले अतिक्रमण गरेको कालापानी/लिम्पियाधुरा क्षेत्र समेटेर नयाँ नक्सा जारी गर्‍ यो ।
 सुभक महतो      ९ भदौ, २०७७

त्यसको एक महिना पछि असार १० गते स्थलगत रिपोर्टिङका लागि सो क्षेत्रमा पुगेका साझा कथाका सञ्चारकर्मीलाई भारतीय सेनाले प्रवेश गर्न भने दिएनन् । नेपाली भूमिमा निर्माण गरिएको बाटो, कालापानी मन्दिर र अतिक्रमित नेपालका गाउँहरु गुञ्जी, नावी र कुटी प्रवेश गर्नमा समेत उनीहरुले रोक लगाएका हुन् ।

रिपोर्टिङका लागि ५२ सय मिटरको उचाईमा रहेको तिंकर भञ्ज्याङ पुगेर फर्किएका उनीहरुलाई नयाँ नक्साले समेटिएको भूभागमा मात्र नभइ पुरानै नक्सामा समेटिएको भूभागमा समेत प्रवेश गर्न रोक लगाए । सो क्षेत्रका स्थानीय र सशस्त्र प्रहरीको भनाइ अनुसार नयाँ नक्सा जारी भएपछि भारतीय सेनाले झनै दुई किलोमिटर वरसम्म कसैलाई पनि जान नदिने गरेको बताए ।

  फेसबुकबाट