११ कार्तिक, २०७७ | 27 Oct, 2020

शक्तिको आडमा अलकत्रा कारखाना

काठमाडौं । ललितपुरको सुनाकोठीस्थित नख्खु खोला किनारामा संचालनमा रहेको असफाल्ट प्लान्ट अर्थात अलकत्रा उत्पादन गर्ने मेसिनबाट निस्केको धुँवाले वरिपरी वस्तीका जनतालाई प्रत्यक्ष असर गरिरहेको छ ।
 साझा कथा सम्बाददाता      २८ असोज, २०७७

 स्थानीयको स्वास्थ्य, व्यवसाय र दैनिक जीवन समेत कठिन बनेको छ । १८ औँ सार्क शिखर सम्मेलनमा काठमाण्डौको सडक कालोपत्रे गर्ने भन्दै असफाल्ट प्लान्ट स्थापना गरियो । वस्ती बीचमा मानव स्वास्थ्यमा प्रतिकुल असर पार्ने यस्ता कारखाना संचालन गर्न नपाईने भएपनि शक्तिको आडमा आजसम्म संचालनमा छ । प्रचण्डका घरपेटी सारदा प्रसाद अधिकारीको सैलुङ्ग कन्सट्रक्सनले संचालन गरेको यो प्लान्ट हटाउन स्थानीयले गरेको पटक पटकको पहल असफल हुँदै आएको छ । यस पटक कारखानालाई हटाउनका लागि स्थानीय पुनः आन्दोलित बनेका छन् ।

सम्बन्धित

  फेसबुकबाट