जसका कारण सुस्तामा मात्रै नेपालको १४ हजार हेक्टर भन्दा बढी भूभाग मिचिएको हो । सुस्ता मिचिएको विषय हामीले पटकपटक सुन्यौं, त्यहाँका नागरिकमाथि भारतीय सुरक्षाकर्मीबाट हुने दमन भएको पनि पटकपटक सुन्यौं र सुन्यौं– त्यहाँका नागरिक सीमा जोगाउन लड्दै पनि छन् रे । थाहा छैन हामीले सुनेको सबैकुरा सरकारले सुन्यो या सुनेन् । हामी वास्तविकता बुझ्न सुस्तातिर लाग्यौं ।