११ असोज, २०७८ | 27 Sep, 2021

'भारतसँग लड्नु छ, सरकारले उपेक्षा गर्छ'

सुस्ताः भारतले अतिक्रमण गरेको क्षेत्र । नारायणी नदी पारी रहेको नेपालको भूमी । यद्यपी, सरकारले सुस्तालाई नेपाली भूमीसँग जोड्न कुनै व्यवस्था गरेको छैन । सुस्तावासी...
 साझा कथा      १ पौष, २०७७

सुस्ताः भारतले अतिक्रमण गरेको क्षेत्र । नारायणी नदी पारी रहेको नेपालको भूमी । यद्यपी, सरकारले सुस्तालाई नेपाली भूमीसँग जोड्न कुनै व्यवस्था गरेको छैन । सुस्तावासी नेपाल आउन १७ किलो मिटर भारतीय भूमिको प्रयोग गर्नुपर्छ । नारायणी नदी पार गरेर नेपाल प्रवेश गर्न डुङ्गाको यात्रा गर्नुपर्छ तर बर्षातको समयमा नारायणी भेल आउँदा डुङ्गा चलाउनु पनि संभव हुँदैन । सुस्तालाई आफ्नो देशको भूमीसँग जोड्न पुल निर्माण सुरु भयो । तर २०७४ सालमा सम्पन्न हुनुपर्ने पुल आजसम्म अपुरै छ । त्यतिमात्र हैन, सुस्ता गाउँमा स्वास्थ्य, शिक्षा र अन्य भौतिक पूर्वाधारको अवस्था पनि अत्यन्त दयनीय छ । सुस्ता गाउँमा भौतिक पूर्वाधारको विकास नहुँदा सुस्तावासीले भोग्नु परेको समस्या साझा कथामा ।

सम्बन्धित

  फेसबुकबाट