हामीले प्रशारण गरेको ‘नेपाली यौनकर्मीको कथा’ सबै यौनकर्मीहरुको दैनिकीसँग ठ्याक्कै मेल नखाएपनि अधिकांश यौनकर्मीहरुको यो वास्तविक कथा हो । जहाँ सन्तुष्टिभन्दा बढी पीडाबोध छ । पीडाबोध गरेरपनि सम्बन्धित ठाउँसम्म आवाज पुर्याउन नसकेका उनीहरुको आवाज संकलन/छायाँङ्कन गर्न पनि हामीले धेरै तिकडमहरु गर्नुपर्यो । यसो गर्दैगर्दा पनि उनीहरुको व्यक्तिगत गोपनीयताको रक्षा गर्नु हाम्रो दायित्व र जिम्मेवारी हो । सम्भवतः नेपाली सञ्चार इतिहासमै यौनकर्मीहरुको वास्तवविक भोगाई यो शैलीमा प्रशारण भएको पहिलो हुनुपर्छ । ‘नेपाली यौनकर्मीको कथा – भाग २’ यहाँ प्रस्तुत छ ।