आन्दोलनरत पुन र उपप्रधानमन्त्री खड्काबीच वार्ता

साझा कथा । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का र राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनबीच भेटवार्ता भएको छ ।

विभिन्न मागसहित आन्दोलनमा उत्रिएका पुन र मन्त्री खड्काबीच मन्त्रालयमा भेट भएको हो । भेटमा पुनले राख्दै आएका माग सम्बोधनका विषयमा छलफल भएको थियो । वार्तापछि कुरा गर्दैै पुनले समस्या समाधानका भएको वार्ता सकारात्मक भएको र समस्या समाधानका लागि टोली गठन गर्ने विषयमा सहमति भएको जानकारी दिए ।

“माग सम्बोधनका विषयमा वार्ता सकारात्मक रह्यो”, पुनले भने, “उपप्रधानमन्त्रीले अब कसरी अघि बढ्ने भन्ने विषयमा सुझाव समेत माग्नुभएको छ ।” पुनले माग सम्बोधनका विषयमा छलपल गर्न आजै बेलुका ५ बजेसम्म दुवै पक्षबाट वार्ता टोली गठन गरि भोलिसम्ममा आन्दोलनका माग पूरा गर्ने विषयमा सहमति भएको बताए । “वार्ताका क्रममा पनि प्रधानमन्त्रीले दुई पटक फोन गर्नुभयो, अहिलेसम्म वार्ता सकारात्मक भएको छ”, उनले भने ।

यो पढ्नु भयो ?