बोल्न र हिड्न सक्ने भए कांग्रेस नेता भण्डारी, आइतबार स्वदेश फर्कदै

साझा कथा । नेपाली कांग्रेसका नेता डा. चन्द्रकान्त भण्डारीको स्वास्थ्यमा सुधार आएसँगै स्वदेश फर्कने भएका छन् । उनी आइतबार नेपाल फर्कदै छन् ।

गत फागुन ३ गते राति आफ्नै निवास बुद्धनगरमा ‘ग्यास लिक’ भएर आगालागीबाट गम्भीर घाइते भएका डा. भण्डारी भारतमा उपचाररत थिए ।

भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचाररत डा. भण्डारी आइतबार दिउँसो २ः५५ बजेको नेपाल वायुसेवा निगमको विमानमार्फत स्वदेश फर्कन लागेको कांग्रेस नेता माधव न्यौपानेले जानकारी दिए । उनी साँझ ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्नेछन् ।
डा. भण्डारी बोल्न र हिँड्न सक्ने भएका छन् ।

आगलागीमा परी सांसद डा= भण्डारी र उनकी आमा हरिकला भण्डारी गम्भीर घाइते भएका थिए । आमा हरिकलाको भने उपचारका क्रममा कीर्तिपुर अस्पतालमा फागुन ४ गते निधन भएको थियो ।

यो पढ्नु भयो ?