श्रीच्छा प्रधानले पहिरिन् ‘मिस नेपाल वर्ल्ड २०२३’ को ताज

साझा कथा । ‘मिस नेपाल वर्ल्ड २०२३’ को उपाधि श्रीच्छा प्रधानले जितेकी छिन् । शनिवार गोदावरीमा आयोजित ग्राण्ड फिनालेमा उनले २३ प्रतिस्पर्धीलाई पछि पार्दै ताज पहिरिएकी हुुन् । उनलाई अघिल्लो वर्षकी मिस नेपाल प्रियङ्कारानी जोशीले ताज लगाइदिएकी थिइन् । प्रतियोगितामा २४ सुन्दरीले प्रतिस्पर्धा गरेका थिए ।

प्रधानले ‘फेस अफ द इयर’ र ‘मिस डीएचआई’ सहविधामा पनि आफूलाई अब्बल सावित गरिन् । मिस नेपाल विजेता प्रधान काठमाडौँकी स्थायी बासिन्दा तथा वातावरण विज्ञानमा स्नातक अध्ययनरत विद्यार्थी हुन् ।

प्रतियोगितामा रैना मजगैयाँले ‘मिस नेपाल अर्थ’को उपाधि हात पारिन् भने प्रसिद्धी शाहले ‘मिस नेपाल इन्टरनेशनल’को उपाधि जितिन् । समारोहमा १२ सहविधाका विजेता समेत घोषणा गरियो ।

मिस नेपालको आयोजना द हिडन ट्रेजरले वर्षेनी गर्ने गरेको छ । यसवर्ष नयाँ मिस नेपाल घोषणा गरिए पनि आगामी विश्व सुन्दरी प्रतियोगितामा मिस नेपाल २०२२ जोशीले नै सहभागिता जनाउने छिन् । नयाँ मिस नेपाललाई अर्को वर्षको मिस वल्र्डमा पठाइनेछ कम्पनीले जानकारी दिएको छ ।

यो पढ्नु भयो ?