एपीवानले रोकेको भुषण दाहालको ‘ब्राभो डेल्टा शो’ साझा कथाबाट प्रशारण

Featured Video Play Icon

साझा कथा । सञ्चारकर्मी भुषण दाहालको लोकप्रिय टेलिभिजन कार्यक्रम ‘द ब्राभो डेल्टा शो’लाई एपीवान टेलिभिजनले प्रशारणमा रोक लगाएको छ ।

समसामयिक विषयमा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’का अभियन्ता दुर्गा प्रसाईंसँग गरिएको कुराकानीलाई टेलिभिजनले प्रशारणमा रोक लगाएको हो । प्रशारण हुने समयमा अकस्मात रोक लगाएपछि कार्यक्रमका प्रस्तोता भुषण दाहालले दुःख व्यक्त गर्दै समाजिक सञ्जालमा स्टाटस लेखेका छन् ।

उनले ब्रेकिङ न्यूज भन्दै लेखेका छन् – ‘३५ बर्षको मेरो टेलिभिजन यात्रामा पहिलो पटक, बनेर तयार कार्यक्रम हेर्दै नहेरी व्यवस्थापनको हवाला दिंदै प्रसारण नगरिने जानकारी एपीवानबाट प्राप्त भएकोले खेदपूर्ण रुपमा सपूर्ण दर्शकहरुलाई जानकारी गराउँदछु ।’ सँगै उनले स्टाटसमा साझा कथाको यूट्युब च्यानलबाट प्रशारण हुने जानकारी समेत गराएका छन् । ‘ब्राभो डेल्टा शो’ यस अघिदेखिनै एपीवान टेलिभिजनसँगै साझा कथाबाट पनि प्रशारण हुँदै आएको थियो । आजको कार्यक्रम राति ८ बजे साझा कथाको यूट्युब च्यानलमा प्रशारण हुँदैछ । AP1 TV ले रोक लगाएको भुषण दाहालको टेलिभिजन कार्यक्रम हेर्नका लागि YouTube लिंकः https://www.youtube.com/watch?v=NCkWbE-CyYg

यो पढ्नु भयो ?