नेकपा एमालेले भगवान नै मान्दै आएका तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारीको निधन दुर्घटनाको उपज हो या हत्या हो भन्ने विषयमा अहिले पनि विवाद छ ।
२०५० साल जेठ ३ गते मदन भण्डारी र एमालेका तत्कालीन संगठन विभाग प्रमुख जीवराज आश्रित सवार गाडी चितवनको दासढुंगामा दुर्घटनाग्रस्त भएपछि दुबैको निधन भयो तर चालक अमर लामा भने ज्युँदै भेटिए । अमर लामाले दिएको सुरुवाती बयानलाई पत्याउने हो भने हल्का पानी परिरहेको अवस्थामा गाडी चिप्लिएर त्रिशुलीमा खस्यो र दुई नेताको निधन भयो ।
तर उनै अमर लामा लामो समय जेल जीवनबाट निस्किएलगत्तै किर्तिपुरमा गोलीको सिकार भए । उनको हत्या माओवादीले गरेको आरोप लगाइएपनि माओवादीले त्यो आरोप अस्वीकार गरेको छ र तथ्यहरुले पनि माओवादीभन्दा अर्कै शक्तिले अमर लामाको हत्या गरेको देखाउँछ । घटनाको साक्षीकै मृत्यु भएपछि दासढुंगा प्रकरण अहिले पनि रहस्यको गर्भमै छ ।
थप कथा भिडियो मार्फतः https://youtu.be/kKDQz-Pudv4

