फोटो पत्रकार पूर्णिमा पाँचौँपटक सगरमाथा शिखरमा

साझाकथा, काठमाडौं । फोटो पत्रकार पूर्णिमा श्रेष्ठ सर्वोच्च शिखर सगरमाथा पाँचौँपटक आरोहण गरेर काठमाडौं फर्किएकी छन् । उनी आज बिहान लुक्लाबाट काठमाडौं आइपुगेकी हुन् ।

उनले आइतबार बिहान  पाँचौँपटक सगरमाथा शिखर चुमेकी थिइन् । यसअघि गत वर्ष यही सिजनमा श्रेष्ठले दुई हप्ताको अन्तरालमा तीनपटक सगरमाथा आरोहण गरी रेकर्ड कायम गरेकी थिइन् । त्यसअघि उनले सन् २०१८ मा पहिलो पटक सगरमाथा आरोहण गरेकी थिइन् ।

आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल आरोहण गरिसकेकी श्रेष्ठले दोस्रो अग्लो माउण्ट केटु, ल्होत्से, मनास्लु, अन्नपूर्ण, धौलागिरी लगायतका हिमाल आरोहण गरिसकेकी छन् ।

यो पढ्नु भयो ?