लिगलिगकोट : गोरखाको ऐतिहासिक पहिचान (तस्वीरहरू) २०८२ आश्विन १६, बिहीबार १४३७ मिटरको उचाइमा अवस्थित पालुङटार नगरपालिका, गोरखामा रहेको लिगलिग (लिगलिगकोट) नेपालको इतिहास बोकेको स्थान हो । यहीँबाट शाह वंशको सुरुवात भयो र यहीँको धर्तीले संसारभर ख्याति कमाएका वीर गोरखाली (Gurkhas) जन्माए ।