लेखक ऋषिराम धमलाले ल्याए उपन्यास ‘क्यारिन’

लेखक तथा पर्यटन व्यवसायी ऋषिराम धमलाको नयाँ उपन्यास ‘क्यारिन’ सार्वजनिक भएको छ। नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा प्राज्ञ अमर न्यौपाने, निबन्धकार तथा पत्रकार दीपक सापकोटा, अभिनेत्री तथा निर्माता केकी अधिकारी, समीक्षक राजकुमार बानियाँ र कवि तथा आख्यानकार हेम प्रभासले पुस्तक लोकार्पण गरेका थिए।

प्राज्ञ अमर न्यौपानेले पुस्तकको भाषा–प्रस्तुतिको तारिफ गरे। ‘प्रेमीले उपन्यासको सुन्दर परिवेशले किताबलाई सुन्दर र पठनीय बनाएको छ,’ उनले भने।

अभिनेत्री केकी अधिकारीले उपन्यास सिनेमाजस्तै भएको बताइन्। ‘उपन्यास मैले एकै बसाइमा पढेर सकेँ। उपन्यास पढ्दा फिल्म हेरेजस्तो रोमान्चित पनि भएँ’, उनले भनिन्, ‘उपन्यास पहिलो पटक नेपाली साहित्य पढ्न इच्छुक पाठकका लागि प्रवेशविन्दु हुनसक्छ।’

राजकुमार बानियाँले उपन्यासले युवापुस्तालाई मात्रै नभइ सबै पाठकलाई बाँध्न सक्ने बताए। ‘किताब पठनयोग्य छ। यसरी युवापुस्ता केन्द्रित उपन्यास आउनु सकारात्मक सन्देश पनि हो,’ उनले भने।

शिखा बुक्सले प्रकाशित गरेको पुस्तकको मूल्य ५९५ रुपैयाँ रहेको छ।

यो पढ्नु भयो ?