शिवपुरी धाम

शिवपुरी धाम वा उत्तररामेश्वरम शिवपुरी धाम कैलाली जिल्लाको धनगढी उत्तरबेहडीमा रहेको एक हिन्दु धार्मिक स्थल हो।यहाँ नेपालकै सबैभन्दा ठूलो शिवलिङ्ग स्थापना गरिएको छ। शिवपुरी धाममा १०८ फिटको शिवलिङ्ग हुनुका साथै यस धाममा १०८ वटा तुलसी मठ, १०८ किलोको घण्ट, १०८ घण्ट र धारा रहेको सुन्दर देवस्थल हो। यस धाममा विभिन्न अवसरहरूमा कुम्भ मेला लाग्ने गर्दछ र नेपाल र भारतबाट हजारौ हिन्दु श्रद्धालु भक्तजनहरू यहाँ दर्शन गर्न आउने गर्दछन्।

तपाईं सँग कुनै रमाइलो, जानकारीमूलक वा प्रेरणादायी फोटो छ ?
हामीसँग साझेदारी गर्न चाहनुहुन्छ भने, कृपया तपाईंको फोटो र विवरण हामीलाई इमेल गर्नुहोस् –📧 sajhakatha@gmail.com

चयन गरिएका फोटोहरू आजको तस्वीर मा प्रकाशित गरिनेछन्।

  • फोटोः प्रकाश गोपाली

 

यो पढ्नु भयो ?