सुशिला रोका बनिन् प्रडक्ट एम्बेसेडर

साझा कथा । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले  सुशिला रोकालाई “सरल सावधिक जीवन बीमा योजना” को प्रडक्ट एम्बेसेडर  २०२५ घोषण गरेको छ ।कम्पनीको मासिक स्किम अन्तर्गत देशभरका अभिकर्ताहरु मध्येबाट उत्कृष्ट व्यवसाय गरि “सरल सवाधिक जीवन बीमा” योजना को प्रडक्ट एम्बेसेडर हुन सफल भएकी हुन् ।

यसले अभिकर्ताहरुमाझ स्वस्थ प्रतिस्पर्धाका साथै थप प्रतिबद्ध भई कामगर्न प्रेररणा प्रदान गर्ने कम्पनीको विश्वास रहेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काले कम्पनीले आफ्ना अभिकर्ताहरुलाई बीमा सेवाको ज्ञान र दक्षता र व्यक्तित्व विकास गर्दै बीमितहरूलाई सरल, सहज र स्तरियसेवा दिने कम्पनीको उद्देश्यमा निरन्तरता दिँदै जाने बताए ।

यो पढ्नु भयो ?