स्यानिटरी प्याडमा कर हटाउन सर्वोच्चको परमादेश

सर्वोच्च अदालतले स्यानिटरी प्याडमा लगाएको कर हटाउन परमादेश जारी गरेको छ।सर्वोच्चका न्यायाधीशहरू मनोजकुमार शर्मा र महेश शर्मा पौडेलको संयुक्त इजलासले  कर हटाउन परमादेश जारी गरेको हो।

यो रिट कानुनका दुई जना विद्यार्थीले दायर गरेका थिए। श्रीना नेपाल र अभ्युदय भेटवालले बिएएलएलबी दोस्रो वर्षमा अध्ययनरत रहँदा स्यानिटरी प्याडमा सरकारले कर हटाउन मागसहित २०७८ सालमा रिट दायर गरेका थिए।

यो पढ्नु भयो ?