नेपाल टी-२० लिग खेल्ने थप दुई टिम घोषणा

२३ भदौ, काठमाडौं । नेपाल टी-२० लिगमा प्रतिस्पर्धा गर्ने बाँकी दुई टिमको घोषणा भएको छ ।

नेपाल क्रिकेट संघ क्यानले बिहीबार कार्यकम गर्दै थप दुई फ्रेन्चाईज टिम घोषणा गरेको हो । दुई नयाँ टिममा पोखरा एभेन्जर्स र फारवेस्टर्न युनाईटेड छन् ।

पोखरा एभेन्जर्सको मालिक लुम्बिनी हेल्थकेयरका सञ्चालक हुन् । पोखराका मालिक पोषराज ज्ञवालीले स्वास्थ्य क्षेत्रबाट खेलकुदमा पनि लागौं भनेर नेपाल टी-२० लिगमा लगानी गरेको बताए ।

फारवेस्टर्न युनाईटेडको मालिक भने बेलायतको एसआर स्पोर्टस एण्ड मिडिया भेन्चर हो ।

क्यानले विराटनगर सुपर किंग्स, जनकपुर रोयल्स, लुम्बिनी अल स्टार्स र कान्तिपुर क्यापिटल्सलाई यसअघि नै घोषणा गरेको थियो ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?