तीन प्रकारका डेंगु देखियो, नियन्त्रणको प्रयासमा सरकार

केही दिनदेखि देशभर डेंगु महामारीकैरूपमा फैलिइरहेको छ। लामखुट्टेको टोकाइबाट लाग्ने यो रोगबाट हजारौ व्यक्ति प्रभावित भएका छन् । 
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा प्यासेजमा समेत बेड राखेर विरामीको उपचार गर्नुपर्ने अवस्था आएको अस्पतालले बताएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका मेडिकल अधिकृत डा श्रवणकुमार मण्डलका अनुसार भदौ १ गते यता अस्पतालमा डेंगुका बिरामीको चाप बढेको छ । डा मण्डलका अनुसार डेंगु तीन प्रकारका हुन्छन् । लामखुट्टेले टोकेपछि डेंगु फिभर डेंगु सक–सिण्ड्रोम, डेंगु हेमुरोजिक फिभरजस्ता रोग लाग्छन् ।
००००
डेंगु रोगको संक्रमण बढ्दै गएपछि सरकारले यसको नियन्त्रणका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्ने भएको छ । मुख्यसचिव शंकरदास बैरागीको अध्यक्षतामा बसेको बैठकले डेंगु रोगको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो । 
बैठकले डेंगु रोग सार्ने लामखुट्टेको ‘लार्भा खोज र नष्ट गर’ अभियानलाई तीव्र बनाउने निर्णय गरेको छ । यसका लागि सचेतनामूलक तथा सूचनामूलक श्रव्य तथा दृश्य सामग्री विभिन्न तह तथा माध्यमबाट प्रचारप्रसार गरिने छ । 
त्यस्तै, नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहबाटसमेत रोगको रोकथाम र नियन्त्रणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समन्वय तथा सहजीकरण गर्ने बैठकले निर्णय गरेको छ । 
बैठकले मोबाइल रिंगटोनबाट समेत प्रचार–प्रसार गर्ने व्यवस्था मिलाउने, रोगको पहिचान र उपचारमा कमी हुन नदिन आवश्वक व्यवस्था मिलाउने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता माहादेव पन्थले जानकारी दिए ।
००००
नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने राष्ट्रिय टीमबाट निलम्बनमा परेका छन् । बलात्कार आरोपमा जाहेरी परेपछि नेपाल क्रिकेट संघ (क्यान)ले निलम्बन गरेको हो । 

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?