आफू निर्दोष भएको बताउँदै सन्दिपले भने : म सीपीएल छाडेर देश फर्कदै छु

लामिछानेले ट्विट गर्दै आफूलाई नेपालको कानूनमा पूर्ण विश्वास भएको र केही दिनपछि सीपीएल छाडेर नेपाल फर्कने बताए। उनले भने, ‘म निर्दोष छु र नेपालको सम्मानित कानूनमा पूर्ण विश्वास गर्छु।  केही दिनमै सीपीएल छाडेर नेपाल फर्कने निर्णय गरेको छु।’

कानूनले सबैलाई समान न्याय दिने आश भएको बताउँदै उनले भने, ‘म यी सबै आधारहीन आरोपहरूको सामना गर्न तयार छु। निर्दोषलाई न्याय मिलोस् र कार्यमा सहभागी सबैमाथि सही छानबिन होस्। आशा छ कानुनले सबैलाई समान न्याय दिनेछ।’

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?