हेमनाथ खतिवडा । साझाकथा
रसुवा, कार्तिक १३
केही वर्ष पहिले आँप फलिरहेको गाउँमा आँप फल्नै छाड्यो । लालीगुसाँस फागुन-चैतमा फल्थ्यो अचेल त माघ महिनामै फुल्न थाल्यो । आजकाल हिउँ परोस् या झरी, गर्मी चढेपनि जलवायु परिवर्तन भन्न थालेको पाइन्छ ।
कालिका गाउँपािलका ३ का बृद्ध किसान खेमराज देवकाेटाले भन्नुभयाे लाङटाङमा हिउँकाे सतह पातलाे भएर कालाे दाग देखिनु पनि जलवायु कै असर हाे कि ? यहाँका पर्यटन व्यवसायी चिन्तामा छन् । सामान्यतया बेला बेलामा मौसममा आउने सवैखाले उतार चढावलाई वातावरणीय परिवर्तन मान्न सकिन्न ।
आजकाल हिउँ परोस् या झरी, गर्मी चढे पनि जलवायु परिवर्तन भन्न थालेको पाइन्छ । सामान्यतया बेलाबेलामा मौसममा आउने सबै खाले उतारचढावलाई वातावरणीय परिवर्तन मान्न सकिन्न । लामो समयको जलवायु सम्बन्धी तथ्याङ्कको नियमिततामा देखिने स्थायी परिवर्तन नै जलवायु परिवर्तन हो ।
बदलिँदो मौसमअनुसार परम्परागत प्रांगारिक खेती प्रणालीमा आधुनिक प्रविधिको समिश्रणमार्फत खाद्यन्न उत्पादन र उपभोगमा आत्मनिर्भर बन्नुको विकल्प छैन ।
केही वर्षअघिदेखि मिथेन, नाइट्रस अक्साइड, कार्बन डाइअक्साइजस्ता हरित गृह ग्यास र ओजन तह विनास गर्ने क्लोरोफोलोरो कार्बनजस्ता विषाक्त ग्यासको उत्सर्जन दिनप्रतिदिन वायुमण्डलमा बढ्दै गइरहेको छ ।
परावर्तित विकीरणहरू वायुमण्डलमै रोकिनाले पृथ्वीको तापक्रम बृद्धि हुँदै छ । हरितगृह ग्यासका प्रमुख स्रोतहरूमा वनजङ्गलको विनाश, कोइला, खनिजजन्य इन्धनको अत्याधिक प्रयोग, औद्योगिकीकरण आदिजस्ता क्रियाकलाप पर्दछन् ।
जलवायु परिवर्तन र दिगो विकासको लक्ष्यबीच निकै नै अन्तरसम्बन्ध छ । जलवायु परिवर्तनका मुद्दालाई छाडेर दिगो विकासको लक्ष्य पूरा हुन सक्दैन । दिगो विकासका हरेक लक्ष्य जलवायु परिवर्तनसँग सम्बन्धित छ । यसले हरेक मुद्दालाई छुन्छ पनि ।
हाल विश्वमा हुने हरितगृह ग्यासको कुल उत्सर्जनमा नेपालको हिस्सेदारी ०.०२५ प्रतिशत छ । कार्बन डाइअक्साइडको अत्यधिक उत्पादनका कारण नै जलवायु परिवर्तनको समस्या देखा परेको हो ।
जब जलवायु परिवर्तन हुन्छ, कृषिमा ह्रास, ऊर्वर भूमिको विनाश, भौतिक पूर्वाधार विनाश हुने र आर्थिक समृद्धिमा बाधा पुग्छ । मानवको स्वास्थ्यमा प्रतिकूल असर पुग्छ । त्यसैले जलवायु परिवर्तनको एजेन्डालाई प्राथमिकता दिन नसके दिगो विकासका लक्ष्य पूरा गर्न सकिँदैन ।
जलवायु परिवर्तनका कारण र प्रभावको कुरा गर्दा यसले पार्ने असरका बारेमा पनि जानकारी हुनुपर्दछ । नेपालमा जलवायु परिवर्तनले सबैभन्दा बढी प्रभाव पारेको क्षेत्र कृषि हो । जुन खाद्य सुरक्षामात्र होइन, अर्थतन्त्रको दृष्टिकोणले पनि सबैभन्दा बढी संवेदनशील छ ।
बदलिँदो मौसमअनुसार परम्परागत प्रांगारिक खेती प्रणालीमा आधुनिक प्रविधिको समिश्रणमार्फत खाद्यन्न उत्पादन र उपभोगमा आत्मनिर्भर बन्नुको विकल्प छैन । पहिले जस्ताे स्याउ फल्न छाड्याे स्वाद पनि अमिलाे हुन्छ कारण के हाे ? ब्राबलका किसान साेनाम तामाङले भने तालिम र गाेष्ठीमा धेरै सुनियाे जलवायु परिवर्तनले हाे कि के हाे ?
यस्तै, वन र जैविक विविधता संरक्षणमार्फत कार्बन सञ्चिति गर्ने अवसर नेपाललाई छ भने बढीभन्दा बढी जलविद्युत् उत्पादन, पिउने पानी र सिँचाइमार्फत समग्र विकासमा फड्को मार्न सक्ने अवसर नेपालसँग छ । तर त्यसका लागि पूर्वाधार विकासलाई जलवायु उत्थानशील बनाउनु न्युनतम सर्त हुनुपर्छ ।
प्राकृतिक र सांस्कृतिक पर्यटनको प्रवद्र्धनमार्फत प्रशस्त विदेशी मुद्रा आर्जन गर्न सकिने अवसर हामीसँग भए पनि विदेशी पर्यटकका लागि अति नै आकर्षक क्षेत्रमा रहेका मौसम पूर्वानुमान गर्न सक्ने र त्यसका आधारमा पर्यटन गतिविधि गर्ने गरी निर्णय गर्ने क्षमता विकास हुनु अति जरुरी छ ।
हामीले सास फर्ने हावा, पिउने पानी जलवायु परिवर्तनका अभिन्न अंग भएर आएको सन्दर्भमा नेपाली समाजलाई जलवायु उत्थानशील बनाउने हो भने जनचेतना, शिक्षा र क्षमता विकासमा प्रशस्त लगानी गर्नुको विकल्प छैन । तर त्योभन्दा बढी जलवायुजन्य प्रकोपबारे नेपालले भोग्दै आएको समस्या र यसको समाधानका लागि विशेष कार्यक्रमका साथ अगाडि बढ्नुपर्ने हुन्छ ।
जलवायु परिवर्तन संरचना महासन्धिको २५औं सम्मलेनमा भाग लिइरहँदा नेपालले तीनवटा विषयमा विशेष ध्यान दिनुपर्ने देखिन्छ । जलवायु परिवर्तनको सबैभन्दा महत्वपूर्ण क्षेत्र भनेको क्लाइमेट फाइनान्स (आर्थिक वित्त) नै हो । आर्थिक वित्त भएन भएन भने न त हामी जलवायु परिवर्तनका अनुकूलनका कार्य गर्न सक्छौं न त न्यूनीकरणका नै ।
नेपालजस्तो बहुलवादी समाजमा जलवायु परिवर्तन कार्यक्रम कार्यान्वयन गर्दा लैंगिक समानता, सामाजिक समावेशीकरण, जीविकोपार्जन तथा सुशासन, अध्ययन अनुसन्धान र प्रविधि, जनचेतना अभिवृद्धि तथा प्रचारप्रसार अन्तरसम्बन्धित विषयवस्तुलाई पनि सँगै लिएर जानुपर्ने हुन्छ ।
राष्ट्रिय जलवायु नीति २०७६ एउटा छाता नीतिका रूपमा अगाडि आएको सन्दर्भमा सम्बन्धित विषयगत मन्त्रालयलाई जलवायु परिवर्तनका अलग कार्यक्रम र योजना तथा आयोजना तर्जुमा गर्न आधारशीला खडा गरिदिएको अवस्था छ ।
पछिल्लो समयमा जलवायु परिवर्तन एउटा वातावरणीय समस्यामात्र नभएर विकास, व्यापार र कूटनीतिको समेत महत्वपूर्ण पक्ष छ । यस सन्दर्भमा अन्तर्राष्ट्रिय विकास साझेदारहरूसँग मिलेर काम गर्न सम्बन्धित मन्त्रालयलाई पनि यो नीतिले मार्ग प्रशस्त गरेको छ ।
हाेटल व्यसायी पुर्पु तामाङलाइ हिमालमा हिउँ पग्लेर कालाे दाग देखिन थालेकाे प्रति चिन्ता लाग्न थालेकाे छ । जलवायु परिवर्तनकाे असरले सुलेकाे छु कतै व्यवसाय खतरामा त पर्ने हाेइन ?
जलवायु परिवर्तन संरचना महासन्धिको २५औं सम्मलेनमा भाग लिइरहँदा नेपालले तीनवटा विषयमा विशेष ध्यान दिनुपर्ने देखिन्छ । जलवायु परिवर्तनको सबैभन्दा महत्वपूर्ण क्षेत्र भनेको क्लाइमेट फाइनान्स (आर्थिक वित्त) नै हो । आर्थिक वित्त भएन भएन भने न त हामी जलवायु परिवर्तनका अनुकूलनका कार्य गर्न सक्छौं न त न्यूनीकरणका नै ।
हाेटल व्यसायी पुर्पु तामाङलाइ हिमालमा हिउँ पग्लेर कालाे दाग देखिन थालेकाे प्रति चिन्ता लाग्न थालेकाे छ । जलवायु परिवर्तनकाे असरले सुलेकाे छु कतै व्यवसाय खतरामा त पर्ने हाेइन ?
आर्थिक स्रोतको जोहो गरिरहँदा भने देशभित्रका सरकारी, गैरसरकारी तथा निजीक्षेत्रमा भएका आन्तरिक स्रोतको परिचालन एउटा पक्ष हो भने अन्तर्राष्ट्रिय वित्त देशभित्र ल्याउनु अर्को पक्ष हो । नेपालले अन्तर्राष्ट्रिय क्षेत्रबाट ल्याउने दोस्रो विषय आधुनिक प्रविधि हो ।
हाल विश्वमा हुने हरितगृह ग्यासको कुल उत्सर्जनमा नेपालको हिस्सेदारी ०.०२५ प्रतिशत छ । कार्बन डाइअक्साइडको अत्यधिक उत्पादनका कारण नै जलवायु परिवर्तनको समस्या देखा परेको हो । जलवायु परिवर्तनका सन्दर्भमा सन् २००४ मा प्रकाशित प्रतिवेदनलाई आधार मान्ने हो भने अहिले विश्वमा उत्सर्जन हुने करिब ६० प्रतिशत कार्बन डाइअक्साइड वनजंगलले सोस्ने गर्दछ ।
आर्थिक स्रोतको जोहो गरिरहँदा भने देशभित्रका सरकारी, गैरसरकारी तथा निजीक्षेत्रमा भएका आन्तरिक स्रोतको परिचालन एउटा पक्ष हो भने अन्तर्राष्ट्रिय वित्त देशभित्र ल्याउनु अर्को पक्ष हो । नेपालले अन्तर्राष्ट्रिय क्षेत्रबाट ल्याउने दोस्रो विषय आधुनिक प्रविधि हो ।
यसबाट के देखिन्छ भने विश्वमा यसको प्रभाव घटाउन हामीले सकेसम्म बढी वनजङ्गल बढाउने प्रयत्न गर्नुपर्छ । जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न र यसलाई लाभमा परिणत गर्न बृहत् रूपमा वृक्षरोपणको अभियान चलाउनु पर्छ । प्रत्येक घर र कार्यालयमा कम्तीमा एउटा रूख मात्रै रोप्न सक्ने हो भने पनि हामीले निकै धेरै लाभ हासिल गर्न सक्छौं ।
यसैगरी, सडकको दायाँ–बायाँका किनारामा वृक्षरोपण गर्नुपर्छ । त्यसो गर्न सकियो भने गाउँ र सहरको शोभा मात्र बढ्दैन, मानव स्वास्थ्यका लागि आवश्यक अक्सिजन पनि उत्पादन हुन्छ । उद्योग कलकारखाना वातावरणमैत्री सार्वजनिक यातायात प्रणालीको विकास गरी प्रत्येक घरमा ऊर्जा बचतको प्रविधि लागू गरिनु पर्दछ । सम्पूर्ण उद्योगलाई कम कार्बन उत्सर्जन गरेको सुनिश्चित गर्न नियमन गरिनु पर्दछ ।
विद्यालयको सम्पूर्ण तहमा वातावरण शिक्षाको पाठ्यक्रम समावेश गर्नु र भएका पाठ्यक्रमको अद्यावधिक र स्तरीकरण गर्नु जरुरी छ । हरितगृह ग्यास उत्पादनमा कमी ल्याउन वैकल्पिक ऊर्जाको प्रयोग एक प्रमुख उपाय हो । त्यसैले आजैदेखि ऊर्जाको रूपमा पेट्रोलियम पदार्थको उपयोगमा कमी ल्याई वैकल्पिक ऊर्जाजस्तै जलविद्युत्, सौर्यशक्ति, बायोग्यासको उपयोगमा वृद्धि गर्न जरुरी छ ।
लामाे समयदेखि शिक्षण गरिरहनुभएका लाेकनाथ नेपालले भन्रुभयाे नेपामा जलवायु परिवर्तन बारे राम्राे खालकाे अध्ययन हुनुपर्छ ।
विकसित देशका तुलनामा नेपालले हरितगृह ग्यास नगण्य मात्रामा उत्सर्जन गरे पनि तापक्रम वृद्धिका कारण वातावरणमा क्रमशः बहुआयामिक असर देखा परिरहेका छन् । सन् २००७ को जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी कार्यदल र सन् २००९ मा जलवायु परिवर्तनसम्बन्धी कोपनहेगन सम्मेलनको प्रतिवेदनले विश्वभरिको जलवायुको तथ्याङ्क देखाएको छ ।
लामाे समयदेखि शिक्षण गरिरहनुभएका लाेकनाथ नेपालले भन्रुभयाे नेपामा जलवायु परिवर्तन बारे राम्राे खालकाे अध्ययन हुनुपर्छ । विद्यालयको सम्पूर्ण तहमा वातावरण शिक्षाको पाठ्यक्रम समावेश गर्नु र भएका पाठ्यक्रमको अद्यावधिक र स्तरीकरण गर्नु जरुरी छ । हरितगृह ग्यास उत्पादनमा कमी ल्याउन वैकल्पिक ऊर्जाको प्रयोग एक प्रमुख उपाय हो ।
विदेशी पर्यटक नेपालको हिमाल हेर्ने सपना बुनेर आउँछन्, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नासाथ नाक खुम्च्याउँछन् ।
जसलाई आधार मान्दै विश्वको तापक्रम बढ्दै गएको, वर्षामा थपघट भएको र विश्वका विभिन्न ठाउँमा यसका असर देखा परेको कुरा वैज्ञानिक रूपमा पुष्टि गरेको छ । भविष्यमा हरितगृह ग्यासको मात्रा अहिलेका अनुपातमा बढ्दै गएको खण्डमा अझ स्थिति भयावह हुने कुरालाई इङ्गित गरेको छ ।
तसर्थ हरितगृह ग्यास उत्सर्जनमा कमी ल्याउन स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा साझा प्रयासको खाँचो टड्कारो देखिएको छ । नेपाल प्राकृतिक सम्पदाले धनी मानिन्छ तर नेपालको मुख्य सहर काठमाडौं तथा अन्य सहरदूषित भइरहेका छन् ।
विदेशी पर्यटक नेपालको हिमाल हेर्ने सपना बुनेर आउँछन्, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नासाथ नाक खुम्च्याउँछन् ।
काठमाडौं उपत्यका नछाडेसम्म दुर्गन्धले नाक, कान, घाँटी, आँखा र छालाको समस्याले चाहेर पनि दुई दिन बढी राजधानीमा बस्न सक्तैनन् । वातावरण संरक्षणको कुरा गर्दा संरक्षणकर्मी भन्दा पनि हामी उपभोक्ता सजग हुनुपर्छ ।
मुलुकको पुनर्संरचना भएको छ । हामी २०३१ सालमै बनेका नीति नियमबाट शासित छौं । समयानुकूल परिमार्जन भएर आउन आवश्यक छ । जिल्लाका नदीनाला र हिमाल नै यहाँका गहना हुन् ।