सम्पादकीय
भारतको नयाँदिल्ली उड्न लागेको नेपाल वायुसेवा निगमको विमान आइतबार अन्तिम घडीमा आएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अकस्मात् रोकिएको घटना यात्रुहरूप्रति गैरजिम्मेवारीको पराकाष्ठा मात्र होइन, अन्तर्राष्ट्रिय लज्जाको विषय पनि हो ।
यस घटनाले राष्ट्रिय ध्वजावाहक निगमको बचेखुचेको साख त थप धूलिसात् भएको छ नै, निगम र नागरिक उड्डयन प्राधिकरणबीचको जुँगाको लडाइँ पनि सतहमा आएको छ । घटनाको अन्तर्य जे भए पनि त्यसको नजितास्वरूप जसरी यात्रुहरूमाथि खेलबाड गरिएको छ, त्यो अक्षम्य छ ।
बोर्डिङ पास लिइसकेपछि उडान रोकिँदा काठमाडौंबाट दिल्ली जाने २ सय ५४ यात्रु मात्र अलपत्र परेनन्, उक्त विमानमा सोही दिन दिल्लीबाट काठमाडौं आउन तयार रहेका १ सय ९६ जना पनि उतै रोकिए । यसबाट दिल्ली हुँदै तेस्रो मुलुक उड्नुपर्ने यात्रुहरू चरम मारमा परे । यही सिलसिलामा निगमले दिल्लीका लागि सोमबार बिहान ‘राखेका’ दुइटा उडान पनि अन्तिम समयमा रद्द गर्यो ।
साँढेको जुधाइमा बाच्छा मिचिएझैं यी दुई निकायले जानाजान आफ्नो लडाइँको चेपमा जसरी यात्रुलाई पारे, त्यो दण्डनीय छ । निगमले सोमबार विज्ञप्तिमार्फत माफी त मागेको छ, तर यो मात्र पर्याप्त हुन्न । सरकारले विशेष छानबिन नै गरेर सबै दोषीलाई कारबाही गर्नुपर्छ ।
प्राधिकरणले शीतकालीन तालिका (अक्टोबरको अन्तिम आइतबारदेखि मार्चको अन्तिम शनिबारसम्मका लागि जारी गरेको नयाँ तालिका) मा आइतबार र शुक्रबारको दिउँसोका उडान एवं सोमबार र बिहीबारको बिहानका उडान कटौतीमा परेकाले रद्द गरिएको जनाएको छ । भैरहवाबाट पनि उडान सुरु गर्न निर्देशन दिँदा यात्रु अभावको कारण देखाई निगमले नमानेपछि प्राधिकरणले काठमाडौं–दिल्लीको तालिका कटौती गरिदिएको हो ।
बोर्डिङ पास लिइसकेपछि उडान रोकिँदा काठमाडौंबाट दिल्ली जाने २ सय ५४ यात्रु मात्र अलपत्र परेनन्, उक्त विमानमा सोही दिन दिल्लीबाट काठमाडौं आउन तयार रहेका १ सय ९६ जना पनि उतै रोकिए । यसबाट दिल्ली हुँदै तेस्रो मुलुक उड्नुपर्ने यात्रुहरू चरम मारमा परे ।
साँढेको जुधाइमा बाच्छा मिचिएझैं यी दुई निकायले जानाजान आफ्नो लडाइँको चेपमा जसरी यात्रुलाई पारे, त्यो दण्डनीय छ । निगमले सोमबार विज्ञप्तिमार्फत माफी त मागेको छ, तर यो मात्र पर्याप्त हुन्न । सरकारले विशेष छानबिन नै गरेर सबै दोषीलाई कारबाही गर्नुपर्छ ।
यस्ता घटना दोहोरिन नदिन एकै क्षेत्रका यी दुई निकायबीच द्वन्द्वको स्थायी हल खोजिनुपर्छ । राष्ट्रिय ध्वजावाहक निगम, विमानस्थल र समग्रमा देशकै साख र विश्वसनीयताका प्रश्न रहेकाले यो विषयलाई सबैले गम्भीरतापूर्वक लिनुपर्छ ।
अन्तर्राष्ट्रिय उडान आफैंमा संवेदनशील विषय हो । यो क्षेत्र संसारभर पालना हुने विशिष्ट अन्तर्राष्ट्रिय कानुन अनुसार चल्नुपर्छ । यात्रुहरूले पनि लामो समयदेखि आफ्नो व्यक्तिगत कार्यतालिका बनाएर टिकट किनेका हुन्छन् । यसरी उडान रोकिँदा यात्रुहरू त प्रताडित हुन्छन् नै, सम्बन्धित विमानसेवा र विमानस्थल दुवैको प्रतिष्ठासमेत ओरालो लाग्छ ।
अन्तर्राष्ट्रिय उडान आफैंमा संवेदनशील विषय हो । यो क्षेत्र संसारभर पालना हुने विशिष्ट अन्तर्राष्ट्रिय कानुन अनुसार चल्नुपर्छ । यात्रुहरूले पनि लामो समयदेखि आफ्नो व्यक्तिगत कार्यतालिका बनाएर टिकट किनेका हुन्छन् । यसरी उडान रोकिँदा यात्रुहरू त प्रताडित हुन्छन्
यिनै कारण नेपालको उड्डयन क्षेत्र बेलाबेला अन्तर्राष्ट्रिय संस्थाहरूको कालोसूचीमा परेका उदाहरण त छँदै छन् । तसर्थर् यस्ता विषयमा सबै सरोकारवाला जिम्मेवार हुनुपर्छ । यात्रुको समयप्रति सडकमा गुड्ने बस–माइक्रो सेवा त संवेदनशील हुनुपर्छ भने विमानसेवाले झन् यसमा कुनै खेलाँची गर्न मिल्दैन । विडम्बना भन्नुपर्छ, यहाँ जे नहुनुपर्ने हो त्यही भैरहेको छ ।
अवस्था कस्तो छ भने, यो द्वन्द्वका दुवै पक्षको राष्ट्रिय–अन्तर्राष्ट्रिय ख्याति गतिलो छैन । झन्डै ५० अर्ब ऋणमा रहेको निगम वर्षौंदेखि सरकारमा बस्नेहरूका लागि दुहुनु गाई र कर तिर्ने नागरिकका लागि सेतो हात्तीसरह छ ।