टाटाले तीन भेरियन्टमा बजारमा ल्याएको टिगोर इभीको एक्सइ भेरियन्टको मूल्य २९ लाख ९९ हजार, एक्सएम भेरियन्टको मूल्य ३१ लाख ४९ हजार र एक्सजेड प्लस भेरियन्टको ३२ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।
हामीले यहाँ यसको बेस भेरियन्ट एक्सइको मूल्य र त्यसको डाउन पेमेन्ट, अनुमानित व्याजदर सहितको मासिक किस्ता प्रस्तुत गरेका छौं ।
बैंकले अहिले औषतमा ११ प्रतिशत व्याजदरमा बैंक कर्जा उपलब्ध गराएको छ भने ७ वर्षसम्मको लागि कर्जा प्रवाह गर्दै आएको छ ।
विद्युतीय गाडीमा ८० प्रतिशतसम्म फाइनान्स सुविधा पाउन सकिन्छ । यसरी २० प्रतिशत मात्रै डाउन पेमेन्ट गर्दा भने मासिक किस्ता धेरै पर्न आउँछ । गाडीको मूल्य २९ लाख ९९ हजारको २० प्रतिशतले हुन आउने ५ लाख ९९ हजार ८०० रुपैयाँ डाउन पेमेन्ट वापत बुझाउनु पर्छ भने बैंकबाट २३ लाख ९९ हजार २०० रुपैयाँ कर्जा लिन सकिन्छ ।
यसरी कर्जा लिएर टिगोर इभी किन्ने ग्राहकले ७ वर्षसम्म मासिक ४१ हजार ८० रुपैयाँ हाराहारी मासिक किस्ता तिर्नु पर्छ ।
सम्पूर्ण मासिक किस्ताको विवरण हेर्न यहाँ क्लिक गर्नुहोला ।
यस्तो छ टिगोर इभी
निकै सुरक्षित मानिएको टिगोर इभीले ग्लोबल एनक्याप क्र्यास टेष्टमा फोर स्टार रेटिङ पाएको छ । यो कम्प्याक्ट सेडान कारमा २६ किलोवाट आवरको लिथियम आयोन व्याट्री र ५५ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर दिइएको छ । यसमा रहेको ब्याट्रीलाई २५ किलोवाटको डिसी चार्जरबाट चार्ज गर्दा ६५ मिनेटमा ८० प्रतिशतले चार्ज हुन्छ । टिगोर इभीमा ड्राइभ र स्पोर्ट गरी दुई ड्राइभिङ मोड उपलब्ध रहेको छ ।
धेरैले इभीमा रहने ग्राउन्ड क्लियरेन्सलाई महत्व दिने गरेका छन् । सेडान कार भएरपनि यसमा ग्राहकले १७२ एमएमको ग्राउन्ड क्लियरेन्स पाउन सक्नेछन् ।
यसमा ७ इन्चको हर्मन इन्फोटेनमेन्ट सिस्टम, अटोमेटिक क्लाइमेट कन्ट्रोल, डिजिटल एलसीडी क्लष्टर, अटो एसी, सिट उचाई मिलाउन मिल्ने ड्राइभर सिट लगायतका विशेषता रहेका छन् ।
त्यस्तै, गाडीमा स्मार्ट की पुस-बटन स्टार्ट, पोर्टेबल चार्जिङ केबल पनि पाउन सकिन्छ । चालक र यात्रु सहजताको लागि टिगोरमा ३० भन्दा बढी कनेक्टिभिटीका विशेषताहरू छन् । जसमध्ये रिमोट कमान्ड र रिमोट डाइगोनिस्टिक पनि पर्छन् ।
मेराे अटाेबाट