जीवनशैली गुणस्तरीय बनाउँदै इ–पेइङ प्रविधि

हेमनाथ खतिवडा। साझाकथा

नेपाली जनजीवन डिजिटल बैकिङ प्रविधिमाअभ्यस्तहुँदै गएको छ । ग्रामीण क्षेत्रमा पनि इन्टरनेटको सेवामा सहज पहुँच हुन थालेपछि वित्तीय पहुँच अभिवृद्धि हुँदै गएको हो । नेपाल राष्ट्रबैंकले पनि डिजिटल बैकिङ सेवालाई प्राथमिकतामा राखेको छ । विश्वव्यापी कोरोना महामारीको समयमा कागजी नोट कारोबार गर्दा भाइरसको जोखिम बढेसँगै नेपालमा डिजिटल पेले प्राथमिकता पाउन थालेको हो ।

सानो कारोवारका लागि बैंकमा लाइन बस्नुपर्ने झन्झट नहुने भएकाले समयको बचत हुने र स्वास्थ्य सुरक्षाको जोखिम पनि कम हुने हुनाले डिजिटल वित्तीयसेवा प्रभावकारी देखिन्छ ।

सहरदेखि विकट ठाउँमा पनि इ–सेवाले मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महसुल भुक्तानी, रिचार्ज, हवाईजहाज, बसको टिकट, स्कुल कलेजको शुल्कलगायतका धेरैखाले सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ ।

प्रविधिले गर्दा टन्न पैसा बोकेर हिँड्नु पर्ने झन्झटलाई निराकण गर्दै मोबाइलबाटै सबै किसिमको भुक्तानीलाई सहजता ल्याइदिएको अधिकारीको भनाइ छ ।

सन् २००९ मा बेटा भर्जन ल्याउँदा इ–सेवा डेक्स्टप कम्युटरबाट मात्र चलाउन सकिन्थ्यो । बजारमा रिचार्जकार्ड सहजै नपाइने अवस्था थियो । नेपाल टेलिकम इलेक्ट्रोनिक्स् रिचार्ज सिस्टम बनाएपछि मात्र इलेक्ट्रोनिक्स् पिन उपलब्ध गराउन थाल्यो ।

‘अहिले अत्याधुनिक प्रविधिले रियलटाइममै टपअप तथा बिल भुक्तानी गर्न सकिन्छ’, सूर्यविनायक भक्तपुर बस्ने मोरङका निमेष अधिकारी भन्छन्, ‘पहिले मोबाइलमा रिजार्ज गर्ने प्रणालीबाट लोकप्रिय बनेको इ–सेवा अहिले हरेक किसिमका भुक्तानीमा वालेट बन्दै आइरहेको छ ।

प्रविधिले गर्दा टन्न पैसा बोकेर हिँड्नु पर्ने झन्झटलाई निराकण गर्दै मोबाइलबाटै सबै किसिमको भुक्तानीलाई सहजता ल्याइदिएको अधिकारीको भनाइ छ ।

अचेल सामान्य मानिससँगपनि स्मार्ट फोन छ।कोही न कोही परिवारका सदस्य वा आफन्त विदेशमा छन् । विदेशमा कुरा गर्न स्मार्ट फोनको चाहियो । अहिले गाउँघरमा स्मार्ट फोन र इन्टरनेटको सेवा बढ्दै छ । स्मार्ट फोनमा कुनै बैंकको सफ्टवेयर पनि राखेर आफ्नैबैंक खातामा जोडेर एक्टिभ गरी डिजिटल बैंकिङ प्रयोग गर्न सकिन्छ ।

प्रविधिमैत्री हुन सक्नेलाई आजभोलि जीवन धेरै सरल र सहज छ । रुकुम पूर्वका श्याम बिष्टलाई केहीवर्षअघि काठमाडौंमा पढ्न बसेको बेला घरबाट पठाएको खर्च लिन बसको स्टपमा प्रतीक्षा गरेको याद ताजै छ । त्यो झन्झट लागेर बैंकमा कारोबार गर्न थाले ।

घण्टौंसम्म लाइनमा बसेर रकम निकाल्न विष्टलाई निकै समस्या हुन्थ्यो । ‘हेर्दाहेर्दै आफ्नै जीवनमा धेरै परिवर्तन भयो ।  डिजिटल टेक्नोलोजीले ल्याएको परिवर्तनले वित्तीय कारोबार धेरै सहजभयो’, उनी भन्छन्, ‘पहिले २/४ सय साथमा नहुँदा निन्द्रै लाग्दैनथ्यो अहिले मोवाइल बैकिङ छ ढुक्क छ । ’

सहरी क्षेत्रमा साइकलमा हिँड्ने तरकारीवालाले पनि क्यूआर कोडबाट पैसाको कारोबार गरिरहेका छन्। भाटभटेनीजस्ता ठूला सपिङ मलले पनि क्यूआर कोड, एटीम मेसिन, स्क्यान पे आदिको माध्यमबाट कारोबार गर्न थालेका छन्।

पहिले गोजीमा पैसा नहुँदानिकै गाह्रो हुन्थ्यो भने साथमा नगद बोक्नु पनि जोखिम हुन्थ्यो । अहिले प्रविधिले गर्दा गोजीमा कति पनि नगद नभएपनि जहीतही मोबाइल बैकिङबाट सहजै भुक्तनी गर्न सकिन्छ ।

लोकसेवा आयोगको आवेदन शुल्कपनि खल्ती वा मोबाइल वालेटबाट सिधै तिर्न मिल्छ । पहिले जस्तो डिपोजिट भौचर बोकेर जानुपर्दैन । कार्यालय वा सापटी तिर्न व्यक्ति भेटमा धाउनु परेन ।

जहाँ रहेर पनि रकम तिर्न मिल्ने भएपछि समयको पनि बचत रकम हराउने जोखिम पनि नहुने भएपछि मोबाइल बैकिङ अहिले धेरै चलेको छ ।

इन्टरनेट र एन्ड्रोइड फोन आएपछि दुनियाँ डिजिटल भएको हो । अहिले इ–सेवा, फोन पे, खल्ती वा मोबाइल बैकिङजस्ता एप चलाउन सकिने भएपछि धेरै सजिलो भएको हो ।

सुपरमार्केटको त के कुरा सामान्य पसलमा पनि क्युआर स्क्यान गरेर रकम भुक्तानी गर्न सकिन्छ । अब बजारमा पनि समस्या भएन,साना चिया खाजा पसलमा पनि रकम तिर्न नयाँ प्रविधिले धेरै सहज भएको छ । त्यतिमात्र होइन, हवाई टिकट होस् वा बस टिकट किन्न पनि काउण्टर धाउनु पर्दैन । नगद बोकेर निस्कँदा पाकेट मारिने डर हुन्थ्यो ।

मोबाइल बैंकिङले दुनियाँमा चोरिने र हराउने समस्याबाट मुक्त भएको नेपालमा कपडाकोआयात निर्यात गर्ने व्यापारी चेतनाथ न्यौपाने बताउँछन् । ‘खातामा भएको रकम मोबाइलबाट कपालकाट्ने ठाउँदेखि चिया पसल र स्कुल कलेजसम्म भुक्तानी गर्न सकिन्छ । चेक त बाेक्नै परेन । नोट दिनु वा फिर्ता लिने झन्झट पर्दैन’, उनी थप्छन् ।

तर यसरी एक पटकमा काराेवार गर्दा ४०५० लाख रूपियाँसम्म लिनदिन मिल्न बनाउन पर्छ । अहिले थाेरै रकम मात्र यसरी इ–पेइङ प्रविधि मार्फत काराेवार गर्न पाइन्छ । यसकाे लिमिटेसन थप्नुपर्छ ।

अध्ययनका लागि सहर पसेका दाङका युवा योगराज शर्मा मोबाइल बैकिङ प्रयोगकर्ता हुन् । साथीहरूमा सरसापटदेखि ट्याक्सी भाडा तिर्नसमेत सहज भएको छ । उनी भन्छन्, ‘लाइन बसेर डिपोजिट गर्ने वा नगद निकाल्नु पर्ने अवस्थाबाट स्क्यान गरेर तिर्न सकिने भएपछि मजा हुने नै भयो ।’

नेपालमा डिजिटल प्रविधिका अनेकौं आयाम चलनचल्तीमा छन् । इ–कमर्स, डिजिटल पेमेन्ट, अनलाइन बैंकिङ आदि छन्। नेपालका डिजिटल भुक्तानी सेवा प्रदायकहरू दुई दर्जन बढी छन् ।

डिजिटलप्रविधि नभएको भए कोभिड–१९को महामारीमा समेत स्वास्थ्य जोखिम मोलेरबैंकमा लाइन बस्न पर्ने स्मरण उनी गर्छन् ।‘त्यसबेला इ–पेमेन्टले गर्दा लाइन बसेर विद्युत् महसुल तिर्नु पनि परेन । तर डिजिटल क्यासलाई पनि गलत प्रयोग गर्दानराम्रो असर पर्छ । त्यसतर्फ भने सबैले ध्यान दिनुपर्छ’, नवराज आचार्यको बुझाइ छ ।

महत्वपूर्ण कामका लागि मात्र प्रयोग गर्ने डिजिटल मनीको सही सदुपयोग गर्नुपर्छ । सेवा प्रदायकले पनि यसको सुरक्षा, फाइदा बेफाइदा र सही प्रयोगबारे आमनागरिकलाई जानकारी दिनुपर्ने उनी बताउँछन् । विश्व बैंकका तथ्यांकले संसारभर १३ देखि ७१ प्र्रतिसतसम्म वित्तीय साक्षरता रहेको देखाउँछ । सबैभन्दा कम वित्तीय साक्षरता रहेको देश यमन हो भने स्वीडेन, नर्वे, डेनमार्क लगायतका देशमा धेरै वित्तीय साक्षरता छ ।

नेपालमा १९ प्रतिशत मात्र वित्तीय साक्षरता रहेको विश्व बैंकको अनुमान छ । यसको प्रभाव बढाउन वित्तिय संस्थाहरूले अझै ग्रामीण भेगमा साक्षरता बढाउनुपर्ने देखिन्छ । यस्तो साक्षरताले परम्परागत शैलीमा परिवर्तन गरी आर्थिक समृद्धि हासिल गर्न सहज हुने देखिन्छ ।

कर्ण नेपाली भन्छन् विद्यमान अवस्थामा प्रविधिले भुक्तानी प्रक्रियामा नगद भन्दा अनलाईन प्रक्रियातिर अगाडी बढिरहेको छ । दैनिक जीवनमा गरिने कारोबारहरु सानोदेखि ठूलोसम्म भुक्तानीहरु अनलाईन भईरहेको छन् । यस प्रविधिले नागरिक जीवनस्तर र शैलीमा पनि सहज बनाएको छ ।

जसरी पहिले जस्तो नगद बोकेर हिड्ने, हरेक समयमा नगदको विषयमा सोच्ने, बैंक कहाँ छ ? कति बजेसम्म संचालन हुन्छ जस्ता चिन्ताबोधले सताउने गर्ने अवस्था रहन्थ्यो । तर हाल चालचलन र अभ्यासमा आएको अनलाईन भुक्तानी तथा प्रविधिले ल्याएको परिवर्तनले दैनिक जीवनमा प्रत्यक्ष सकारात्मक असर तथा सहयोग पुगेको उनी सुनाउछटन् । यसले जीवनशैलीमा परिवर्तन आएको छ ।

तर कहिलेकाँही यसका केही नकारात्मक पक्षहरु पनि रहने गरेका छन् , जस्तो भुक्तानीका लागि वाईफाई जरुरी हुनु र नेपालका सबै ठाउँमा ईन्टरनेट सेवाहरु नुहुनु, भुक्तानीका लागि आवश्यक एप्सहरु सबै मोवाईल वा ग्रामीण भेगमा जनताले प्रयोगमा ल्याएका मोवाईलमा नहुनु वा स्मार्टफोनको पहुँचमा कमी, कहिलेकाँही भुक्तानी गर्यो भन्यो तर नहुने वा दोहोरो भुक्तानी भईदिनेलगायतका समस्याहरु भने छन् । सबैले अनलाईन भुक्तानीलाई आत्मसात गरेको अवस्था पनि छैन ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?