रोनोले आफ्नो मिनी अफरोड ईभीको कन्सेप्टलाई ‘फोर एभर ट्रफी’ कन्सेप्ट नाम दिएको छ । रेनोले यसअघि सर्वाधिक विक्री गरेको आफ्नो रेनो ४ मोडलको सक्सेरको रुपमा यसलाई ईभी कन्सेप्टको रुपमा ल्याएको हो । रेनो ४ विश्वभर ८० लाखभन्दा धेरै यूनिट विक्री भएको ह्याचव्याक मोडल थियो ।
रेनो ४ ले आफ्नो ३० वर्षे यात्रामा ह्याचव्याक सेग्मेन्टमा एउटा बेन्चमार्क कायम गरेको थियो । अहिले देखाएको कन्सेप्टलाई कम्पनीले आफ्नो सिएमएफ–बी ईभी प्लेटफर्ममा तयार गरेको हो । यसअघि कम्पनीले रेनो ५ लाई पनि यही प्लेटफर्ममा तयार गरेको हो ।
कम्पनीले फोर एभर ट्रफी कन्सेप्टलाई लामो ट्राभल सस्पेन्सन दिएको छ । जसको कारण यसको ग्राउन्ड क्लियरेन्स उच्च रहने छ । फरक कलरको बडी क्लाडिङ, ओआरभीएमको सट्टा प्रयोग गरिएको क्यामेरा, फ्लस डोर ह्याण्डल, फ्रेम विनानै तयार पारिएको झ्यालहरु यसको डिजाइनमा देखिएको पृथक शैली हुन् ।
रेनोले यसको डिजाइन निकै मिहिनेत गरेको देखिन्छ । पृथक हेडल्याम्प डिजाइन, इलुमेनेटेड एलइडी लोगो, रुफ र्याकमा राखिएको स्पेयर टायर, फरक र आकर्षक डिजाइनको ह्वील यसमा उपलब्ध रहेको छ । सन् २०२४ को अन्त्यबाट उत्पादन सुरु हुने यो ईभी सन् २०२५ वाट विक्री सुरु हुनेछ ।
यसमा रहने टेक्नीकल डिटेल भने कम्पनीले बाहिर ल्याएको छ । विश्वभर ईभी उत्पादनमा थप तिब्र प्रतिस्पर्धा भइरहेको समयमा रेनोको यो कन्सेप्टले धेरै चर्चा पाउनुले कम्पनीको लक्ष्य तिब्र विस्तार हुने अनुमान गर्न सकिन्छ ।