मतदाता : धेरै मोरङ, थोरै मनाङमा

  1. मनाङमा जम्मा ६ हजार ७ सय ७९ जना मतदाता
  2. मोरङमा ७ लाख ३५ हजार ५ सय २५ मतदाता

त्यस्तै ५ निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा ६ लाख ३८ हजार मतदाता छन्। मतदाताको दृष्टिले यो जिल्ला चौथो शीर्ष स्थानमा छ । पाँचौं शीर्षस्थानमा सुनसरी जिल्ला पर्छ । यहाँ पाँचलाख ४४ हजार ९ सय ४१ जना मतदाता छन्। सुदूरपश्चिम प्रदेशको कैलाली जिल्ला पनि मतदाता संख्याका दृष्टिले अग्रस्थानमा पर्न आउँछ ।

५ निर्वाचन क्षेत्र र १० प्रदेश निर्वाचन क्षेत्र रहेको यहाँ ५ लाख ३५ हजार ५ सय १२ मतदाता छन्। मधेश प्रदेशअन्तर्गत पर्ने सर्लाही जिल्ला पनि मतदाता धेरै रहेको जिल्लाको शीर्ष १० भित्र पर्छ । ४ वटा निर्वाचन क्षेत्र र ८ वटा प्रदेश निर्वाचन क्षेत्र रहेको यहाँ चारलाख ७९ हजार ३८ जना मतदाता छन्।

धेरै मतदाताका दृष्टिले आठौं नम्बरमा पर्न आउँछ, धनुषा । यहाँ ४ लाख ७४ हजार मतदाता छन्। त्यस्तै नवौँ नंबरमा पर्ने सिराहा जिल्लामा चारलाख २२ हजार र १०र्औं नम्बरमा पर्ने सप्तरी जिल्लामा चारलाख १८ हजार मतदाता छन्। त्यस्तै सबैभन्दा कम मतदाता मनाङ जिल्लामा छन्। यहाँ जम्मा ६ हजार ७ सय ७९ जना मतदाता छन्। गण्डकी प्रदेशअन्तर्गत पर्ने यहाँ एउटा मात्र निर्वाचन क्षेत्र र दुइटा प्रदेश निर्वाचन क्षेत्र छन्। मनाङमा जम्मा २८ वटा मतदानकेन्द्र छन्।

सबैभन्दा कम मतदाता रहेको सूचीमा पर्ने दोस्रो जिल्ला पनि गण्डकी प्रदेशकै मुस्ताङ हो । यहाँ जम्मा १० हजार ९ सय ५७ जना मतदाता छन्। जम्मा ३९ वटा मतदानकेन्द्र रहेको यहाँ एउटा निर्वाचन क्षेत्र र दुइटा प्रदेश निर्वाचन क्षेत्र छन्।

सबैभन्दा कम मतदाता रहेको सूचीको तेस्रो नम्बरमा डोल्पा जिल्ला पर्छ । कर्णाली प्रदेशमा पर्ने यहाँ २२ हजार ७ सय ७४ जना मतदाता छन्। यहाँ ६६ वटा मात्र मतदान केन्द्र निर्धारण गरिएको छ ।

त्यस्तै लुम्बिनी प्रदेशको रुकुमपूर्व पनि कम मतदाता पर्ने जिल्लाहरूमध्येका पर्छ । यहाँ ३४ हजार १ सय १२ जना मतदाता छन्। कर्णाली प्रदेशकै हुम्ला पनि कम मतदाता रहेको जिल्लामा पर्छ । यहाँ ३२ हजार ८ सय ५७ मतदाता छन्।

कर्णाली प्रदेशकै मुगु, जुम्ला, र कालीकोट पनि सबैभन्दा कम मतदाता रहेको जिल्लाको सूचीमा पर्छन्। मुगुमा ३५ हजार ४ सय ८५ जना, जुम्लामा ६८ हजार ६ सय ३८ र कालीकोटमा ८० हजार ४ सय २४ मतदाता छन्। बागमती प्रदेशको रसुवा र प्रदेश नं. १ को तेह्रथुम पनि कम मतदाता रहेका जिल्लाअन्तर्गत पर्छन्। रसुवामा ३९ हजार ४ सय ५९ र तेह्रथुममा ७१ हजार ९ सय ३३ मतदाता छन्।

अन्नपूर्ण पाेस्टबाट

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?