ज्ञानको भोक

एक गुरुको आश्रममा दुई विद्यार्थी एकसाथ पढ्थे । दुईमध्ये पहिलो विद्यार्थी दोस्रो विद्यार्थीभन्दा केही वर्षअघिदेखि नै आश्रममा थियो । तर, ऊ पढाइलेखाइमा निकै पछाडि थियो ।

दोस्रो विद्यार्थी भने मेधावी थियो । उसको सबैले प्रशंसा गर्थे । ऊ जहाँ–जहाँ जान्थ्यो, त्यहाँ विशेष सम्मान पाउँथ्यो । तर, पहिलो विद्यार्थीलाई भने कसैले वास्ता गर्दैनथे ।

एक दिन पहिलो विद्यार्थीले गुरुसित गुनासो ग¥यो– गुरुदेव, म हजुरसित वर्षौँदेखि अध्ययन गरिरहेको छु । तर, हजुरले मभन्दा पछि आएको साथीलाई चाहिँ बढी ज्ञान दिनुभयो, किन ? उसको प्रश्न सुनेपछि शान्त भावमा गुरुले भने– तिमी पहिले एउटा कथा सुन, त्यसपछि तिम्रो प्रश्नको जवाफ दिउँला हुन्न ? शिष्यले भन्यो– हुन्छ गुरुदेव !

गुरुले प्रश्न गरे । शिष्यले उत्तर दियो– दोस्रो यात्रीलाई । गुरुले मुसुक्क हाँस्दै भने– दोस्रो यात्रीको परिश्रम देख्दा हामी त्यसो भन्न सक्छौँ । उसले जस्तै तिम्रो सहपाठीले पनि ज्ञान प्राप्त गर्न बढी नै परिश्रम गर्छ । तर, तिमी त्यस्तो केही गर्दैनौ ।

गुरुले भने– चर्को घाममा एक यात्री कतै जाँदै थियो । उसलाई तिर्खा लाग्यो । तर, साथमा पानी थिएन । उसले कतै पानी पाइन्छ कि भनेर यताउता हे¥यो । नजिकै इनार देखियो । पानी निकाल्ने बाल्टिन पनि थियो ।

तर, बाल्टिनमा डोरी थिएन । इनार निकै गहिरो थियो । उसले पानी निकाल्ने उपाय देखेन र अघि बढ्यो । केहीबेरपछि अर्को एक यात्री सोही इनारनजिकै पुग्यो ।

उसलाई पनि तिर्खा लागेको थियो । उसले पनि डोरीविहीन बाल्टिन देख्यो । उसले नजिकै बाबियोको गाँज देख्यो । उसले त्यही बाबियोको डोरी बाट्यो र पानी निकालेर प्यास मेटायो । यी दुईमध्ये कसलाई बढी तिर्खा लागेको थियो ?

गुरुले प्रश्न गरे । शिष्यले उत्तर दियो– दोस्रो यात्रीलाई । गुरुले मुसुक्क हाँस्दै भने– दोस्रो यात्रीको परिश्रम देख्दा हामी त्यसो भन्न सक्छौँ । उसले जस्तै तिम्रो सहपाठीले पनि ज्ञान प्राप्त गर्न बढी नै परिश्रम गर्छ । तर, तिमी त्यस्तो केही गर्दैनौ ।

शिष्यले आफ्नो प्रश्नको जवाफ पायो र त्यस दिनदेखि परिश्रम गर्न थाल्यो ।

नयाँ पत्रिकाबाट

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?