साझाकथा संवाददाता
रसुवा, कार्तिक १८
कालिकास्थानबाट बेत्रावतीतर्फ जाँदै गरेको बा २९ प ६४२० नं को मोटरसाइकलले विहीबार साँझ कालिका गाउँपालिका–३ कटुन्जेका एक बृद्धलाइ ठक्कर दिंदा गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय कालिकास्थाले जनाएको छन् ।
आम निर्वाचनका क्रममा खटिएका म्यादी प्रहरी कालिका गाउँपालिका–१ ग्राङ गाउँका २० वर्षीय सुर्चे तामाङले चलाएको उक्त मोटरसाइकलले बृद्धलाइ उनकै घर अगाडी बाटो काट्ने क्रममा ठक्कर दिएको थियो । एक स्कोरपिओलाइ साइड दिने क्रममा माेटर साइकलले
मोटर साइकलको ठक्करले ढलेका ८४ वर्षीय टिकानाथ न्यौपानेलाइ तत्काल एम्बुलेन्समा त्रिशूली अस्पताल लगिएको थियो । घाइतेको ठाउकोमा चोट लागेर रगत बगिरहेको आफन्तले जानकारी दिए ।
त्रिशूली अस्पतालबाट रिफर गरेपछि काठमाडौं स्थित ग्रीनसिटी अस्पताल उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएपी कुलदिप चन्दले बताए । मस्तिष्कमा रक्तश्राप भएकोले अप्रेसन गर्न सल्लाह दिएको र अवस्था नाजुक रहेकाे घाइतेका छोरा भेषराज न्यौपानेले बताए ।