त्रिशूलीमा बस खस्यो, २० जना घाइते

२०७९ कार्तिक १९, शनिबार

साझाकथा संवाददाता

काठमाडौं,  कार्तिक १९

धादिङको बेनीघाटस्थित त्रिशूली नदीमा बस खसेको छ । काठमाडौंबाट रुकुम जाँदै गरेको बा ४ ख ५७९० नम्बरको बस हुग्दी खोला नजिकैबाट नदीमा खसेको हो ।

बस सडकबाट करिब दुई सय मिटर तल खसेको र दुर्घटनामा २० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी श्यामबहादुर खत्रीले बताए । घाइतेलाई उपचारको लागि अस्पताल लगिएको छ ।

तपाईको प्रतिक्रिया

तपाईको विचार

0 प्रतिक्रिया

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

यो पढ्नु भयो ?