काठमाडौं । टाटा मोटर्सको आधिकारिक डिष्ट्रिब्युटर सिप्रदी ट्रेडिङ प्रालिले ग्राहकका लागि टाटा प्रोटेक्ट अन्तर्गतका सेवा–सुविधा विस्तार गरेको छ । मंगलबार आयोजित एक विशेष कार्यक्रमका बीच सिप्रदीले ग्राहकका लागि टाटा प्रोटेक्ट अन्तर्गतका थप सेवा तथा सुविधा शुभारम्भ गरेको हो ।
टाटा कमर्सियल गाडीका ग्राहकहरुलाई छिटो, छरितो तथा गुणस्तरीय सेवाको प्रत्याभूती प्रदान गरी गाडीको डाउन टाइमलाई कम गर्ने, गाडी सञ्चालन खर्चलाई न्यूनीकरण गर्ने र ग्राहकहरुलाई पूर्ण सुरक्षाको प्रत्याभूती प्रदान गर्ने उदेश्यले सन् २०१९ मा कम्पनीले टाटा प्रोटेक्ट सुरु गरेको कम्पनीको भनाइ छ ।
कार्यक्रममा सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले नेपालमा टाटा गाडी बिक्री गर्नुको अतिरिक्त प्रमुख व्यावसायिक लक्ष्य विकासशील आवश्यक्ताहरुको पहिचान गरी उत्कृष्ट विक्रीपछिको सेवाहरु प्रदान गर्नु रहेको बताए । ग्रहाकको आकांक्ष बमोजिम टाटा प्रोटेक्ट अन्तर्गतका सेवा तथा सुविधाहरुले ग्राहकलाई उत्कृष्ट सेवाको ग्यारेन्टी प्रदान गर्ने र ग्रहकहरुलाई ढुक्क भई आफ्नो व्यवसायमा ध्यान केन्द्रित गर्न सहयोग पुग्ने उनको भनाइ छ ।
टाटा मोटर्सका उपाध्यक्ष, इन्टरनेसनल विजनेस एण्ड स्ट्राटेजी, कमर्सियल भेहिकल विजनेस अनुराग मेहरोत्राले टाटा मोर्टस आफ्ना ग्राहकहरुलाई विश्व स्तरीय सेवा तथा समाधान प्रदान गर्नमा अग्रस्थानमा रहेको र टाटा प्रोटेक्ट विश्व बजारमा लागु भएपछि टाटा मोटर्सका ग्राहकहरुको सन्तुष्टिको स्तरमा वृद्धि भई गाडी बिक्री तथा प्रबर्द्धनमा पनि सहयोग मिलेको उनले बताए ।
सिप्रदी ट्रेडिङ प्रालिका प्रमुख सञ्चालक अधिकृत राजेशप्रसाद गिरीले कार्यक्रममा सहभागीलाई धन्यवाद दिंदै सधै उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता ब्यक्त गरे ।
अनलाइन मार्फत सम्पन्न उक्त कार्यक्रममा टाटा कमर्सियल गाडीहरुका ग्राहकहरुको साथमा टाटा मोटर्सका उच्च पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो ।
कम्पनीका अनुसार टाटा प्रोटेक्ट अन्तर्गत मास्टर केयेर प्लस, टाटा जेन्युइन पार्टस्, एक्सप्रेस सर्भिस, टाटा जिप्पी, कस्टमर हेल्पलाइन, टाटा सिल्ड, टाटा अलर्ट तथा वी केयेर गरी आठ प्रकारका सेवा तथा सुविधाहरु समावेश रहेका छन् र उक्त सेवा तथा सुविधाहरु सिप्रदीका सम्पूर्ण सर्भिस सेन्टर तथा आधिकारिक सर्भिस सेन्टरहरुबाट उपलब्ध हुनेछन् ।
मास्टर केयेर प्लस अन्तर्गत फ्लिट म्यानेजमेन्ट सोलुसन, एएमसी सेवा रहेका छन् जसमा ग्राहकहरुको गाडीको सम्पूर्ण सर्भिस तथा मर्मत कार्यको जिम्मा कंपनीले लिनेछ । टाटा जेन्यूइन पर्टस् अन्तर्गत सिप्रदी वर्कशपमा फेरीएका स्पेयर पार्टस्हरुमा ६ महिना वा ५० हजार किमीसम्मको वारेन्टी सुविधा रहेको छ । एक्सप्रेस सेवा अन्तर्गत ४ घण्टामा गाडीको सर्भिस कार्य सकिने ग्यारेन्टी प्रदान गर्ने र नभएमा क्षतिपूर्तीको व्यवस्था गर्ने कम्पनीले बताएको छ ।
कम्पनीका अनुसार टाटा जिप्पी अन्तर्गत ४८ घण्टा भित्र गाडीको मर्मत हुने, नभएमा क्षतिपूर्तीको व्यवस्था रहेका छ । टाटा सिल्ड अन्तर्गत एक्सिडेन्टल गाडीहरु ६० दिनमा तयार हुने र साथमा नगद रहित बीमा दावी सुविधाहरु पनि रहेको कम्पनीको भनाइ छ । टाटा अलर्ट अन्तर्गत कम्पनीले तोकेका हाइवे करिडोरहरुमा गाडी ब्रेकडाउन भएको खण्डमा ६ घण्टा भित्र त्यस स्थानमा पुग्ने र ४८ घण्टा भित्र गाडी तयार पारिदिने ग्यारेन्टी रहेको कम्पनीले बताएको छ ।
अनलाइन खबरबाट