लामटाङ लिरुङ संस्मरण

  • धर्तीचन्द्र यात्री

कति स्निग्धताको हाँसो
हाँस्न खोज्थ्यो
कति वोलाईरहन्थ्यो
खुसीमा खुसी लिएर
प्रत्येक दिन रात साँझ र विहानहरू
नियमित दिन चर्यामा हाजिर हुन्थे
म उसका मायामा अनमोल
मायाँहरू छचल्किएको पाउँथे ।

लिरुङ जीवनको उदगम वाग वगैचा थियो
संरक्षण यात्राको आँखीझ्याल थियो
प्रत्येक विहान त्यो सेतो हिमाल
बोलाईरहेको हुन्थ्यो
थाङ्सेप ,मुन्दु र सिन्दुम अनि याम्फुहरू
एकोहोरो हेरिरहेका हुन्थे
टोपी खस्ने त्यो हिमाल
कति मोहनी लगाउन आउथ्यो ।

म उसका हर भावनामा
नजिकिन पुग्थे
लामटाङ मेरो जीवनको पहिलो पाठशाला
मैले उ सितै जीवनका धेरै अध्यायहरु पढे
पहिलो गुरु शिवराज भट्ट सर
आदर्श मन वचन र कर्मले अघि लम्कन उत्प्रेरणा दिने ।

महान कर्म साधक त्यसरीनै सम्झिरहेको हुन्छु
लामटाङ र लामटाङ लिरुङ
यायावर मायाँहरुमा त्यसरीनै वोलाउँथ्यो
शव्दमा ,भावमा,विचारमा,लयमा
लय मिलाउन खोजिरहेको हुन्थ्यो
सपनाहरुमा पनि लामटाङ लिरुङ
वोलाईरहेको हुन्थ्यो ।

म उसका सौन्दर्यमा रमाईरहेको हुन्थे
कति मनका विरह पोखिरहन्थे
निरन्तर निरन्तर जीवनलाई
साध्य भित्र समाहित गराउन
प्रयत्न गरिरहेको हुन्थे ।

घोरल ,झारल, थार ,कस्तुरी मृग र हिउँ चितुवाहरू
आफ्नै संसारमा रमाईरहेका हुन्थे
जीवन्त कहाँ भुल्न सक्छु र पृय लामटाङ लिरुङ
सम्झिरहेकोछु लामटाङ तिमीलाई
संरक्षण यात्राका ति कालजयी संस्मरणहरूमा ।

सामाखुसी, काठमाडौं ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?