वासु क्षितिज
कार्तिक १९
भ्रष्टाचारभ्रष्टाचार एक हिसाबले सामाजिक अपराध हो। यो अपराधमा सलंग्न जोकोहीलाई बहिष्कार गरिनु पर्छ। यसको अन्त्यका लागि कलाकार, साहित्यकार, सञ्चारकर्मी, राजनीतिकर्मी, नागरिक समाजका अभियन्ता, आमजनता लगायत समाजका सबै पक्षले सचेतनापूर्वक खबरदारी गरिरहनु पर्छ।
लोकतन्त्रको सौन्दर्य भनेकै सुशासन हो। भ्रष्टाचारमुक्त समाज निर्माण गर्नु र आमनागरिकलाई असल शासनको प्रत्याभूति दिलाउन सक्नु लोकतान्त्रिक मुलुकको पहिलो कर्तव्य हुन आउँछ।
भ्रष्टाचारले मानिसमा खराब मनोवृत्तिको विकास गर्दछ। वास्तवमा आमनागरिकले आफ्नै घरबाट आफ्नो आर्थिक हैसियत कसरी विकास भयो ? यस विषयमा चासो दिँदै लामो हात गर्दा त्यसले सामाजिक रूपमा कलंकको रूप लिन सक्ने बनाउँछ भन्ने बोध गराउन सक्नु पर्दछ।
साथै विद्यमान राज्यका कानुनको पनि सही ढंगले कार्यान्वयन हुनु पर्छ। समाजमा मौलाउँदै गएको भ्रष्टाचारलाई अन्त्य गर्न सचेत पहलकदमी, जागरुक नागरिक, सञ्चारमाध्यम र नागरिक समाजको निरन्तरको खबरदारी भइरहनुपर्छ। ‘निसाना’ भ्रष्टाचारविरोधी अभियानले समाजमा व्याप्त भ्रष्टाचारको तह र त्यसका आयामलाई बुझ्न सघाएको छ।
कार्टुन प्रदर्शनीमा सहभागी कार्टुनिस्टले भ्रष्टाचारका विभिन्न पक्षमा केन्द्रित रही कला बनाएका थिए। भ्रष्टाचार मूलतः अख्तियारको दुरुपयोग, नीतिगत र घुसखोरी गरेरै हुने गरेको पाइन्छ। यसले समाजलाई विस्तारै भ्रष्ट संस्कृतितर्फ लग्छ।
त्यसको अन्त्यका लागि पहलकदमीको आवश्यकता रहेको महसुस पनि गराएको छ। भ्रष्टाचार अन्त्यका लागि कार्टुनिस्ट र क्लबको अभियानले समाजमा सकारात्मक सन्देश दिएको छ। साथै अभियानले खराब प्रवृत्तिविरुद्ध सशक्त आवाज उठाउन सफल भएको छ।
प्रदर्शनीले समाजमा झाँगिदै गएको भ्रष्टाचारलाई उदांगो पार्दै सचेतना जगाउन महत्त्ववपूर्ण भूमिका खेल्ने आशा राख्न सकिन्छ।
कार्टुन प्रदर्शनीमा सहभागी कार्टुनिस्टले भ्रष्टाचारका विभिन्न पक्षमा केन्द्रित रही कला बनाएका थिए। भ्रष्टाचार मूलतः अख्तियारको दुरुपयोग, नीतिगत र घुसखोरी गरेरै हुने गरेको पाइन्छ। यसले समाजलाई विस्तारै भ्रष्ट संस्कृतितर्फ लग्छ। नजिकका मान्छेलाई अवसर दिँदै तीबाटै राज्यको स्रोत दोहन गर्ने प्रवृत्तिलाई कार्टुनिस्टले कार्टुनमार्फत गरेको सशक्त प्रहार नै ‘निसाना’ को शक्ति रह्यो।
भ्रष्टाचार अन्त्य गर्न समाजका सबैले सरोकारी पक्षले पहलकदमी लिनुपर्छ। कार्टुन त त्यसका निम्ति झक्झकाउने एउटा सशक्त दृश्यभाषा मात्रै हो। कार्टुनमा समाजमा देखिएका विकृति विसंगति तथा खराब मनोवृत्तिलाई व्यंग्यात्मक रूपमा प्रहार गरिन्छ।
राजनीतिक दल र नेता सतर्क रहँदै देश र जनताका निम्ति भ्रष्टाचार नगर्ने संकल्प लिनु पर्छ। समाजलाई गतिशील, सभ्य र समृद्ध बनाउन राजनीतिक दल र तिनको नेतृत्व सदैव सदाचारप्रति प्रतिबद्ध रहनु पर्छ। भ्रष्टाचार सभ्य समाज र विकासको बाधक हो।
प्रदर्शनीमा राखिएका कार्टुनमा हाम्रो समाजमा मौलाएको खराब मनोवृत्ति र आचरणलाई कलात्मक रूपमा उधिनिएको थियो। कार्टुनमा उठाइएका विषयवस्तु मूलतः नीतिगत भ्रष्टाचार, पदको दुरुपयोग र आर्थिक लेनदेनसँग सम्बन्धित थिए। यी विषय दीर्घकालीन रूपमै प्रभाव पार्ने खालका छन्। भ्रष्टाचार एक हिसाबले सामाजिक अपराध हो।
यो अपराधमा सलंग्न जोकोहीलाई बहिष्कार गरिनु पर्छ। यसको अन्त्यका लागि कलाकार, साहित्यकार, सञ्चारमाध्यम, राजनीतिक दल, नागरिक समाज, आमजनता लगायतका समाजका सबै पक्षले सचेतनापूर्वक खबरदारी गरिरहनु पर्छ।
भ्रष्टाचार अन्त्य गर्न सरोकारवाला सबै पक्षले पहलकदमी लिनुपर्छ। कार्टुन त झक्झकाउने एउटा सशत्ताm दृश्यभाषा मात्रै हो। राजनीतिक दल र नेताले भ्रष्टाचार नगर्ने संकल्प लिनैपर्छ।
पाठकले सधैं पत्रपत्रिकामा मात्रै कार्टुन हेर्दै आए पनि प्रदर्शनीका रूपमा क्लबको तर्फबाट पहिलोपटक कार्टुनलाई देशका सातै प्रदेशमा लगिएको हो।
कार्टुनिस्टले आफ्नो कर्मद्वारा रङ र रेखाका माध्यमबाट समाजमा व्याप्त विकृति, विसंगति तथा भ्रष्ट मनोवृत्तिका विरुद्ध आवाज उठाइरहेका छन्। यही कारण त कार्टुनिस्टलाई सधैं सत्ताविरोधी कित्तामा उभ्याएको पाइन्छ।
क्लबको भ्रष्टाचारविरोधी अभियानमा देखिएको नागरिकको चासोेको सम्बोधन राज्यले बेलैमा गर्नुपर्छ। नत्र व्यवस्था र नेतृत्वमाथि बारम्बार प्रश्न उठिरहन्छ। आमनागरिकप्रति सकारात्मक भाव पैदा गर्न र असल शासनको प्रत्याभूति दिलाउन राजनीतिक दल, कर्मचारीतन्त्र लगायतका संरचनाले विशेष ख्याल गर्नुपर्छ।
लोकतन्त्रको यही मर्मलाई आत्मसात् गर्दै नेपाली समाजमा व्याप्त भ्रष्टाचारविरुद्ध कार्टुनिस्ट क्लब अफ नेपालको आयोजनामा नेपालका सातै प्रदेशमा ‘निसाना’ शीर्षकमा कार्टुन प्रदर्शनी सम्पन्न भएको हो।
भ्रष्टाचारकै कारण देश र सर्वसाधारणको जीवन बर्बाद भएको छ। राज्यले यसको नियन्त्रणमा निर्ममतापूर्वक लाग्नु पर्छ। प्रदर्शनीमा घुसखोरी, शिक्षामा हुने भ्रष्टाचार, प्राकृतिक स्रोतको दोहन, स्वास्थ्य क्षेत्रमा रहेका विकृति, कृषिक्षेत्रका समस्या, न्यायालयका विकृतिलगायतका पक्षमा केन्द्रित रही नेपालका ३६ जना कार्टुनिस्टले तयार पारेका ५० वटा कार्टुन राखिएको थियो।
लोकतन्त्रको यही मर्मलाई आत्मसात् गर्दै नेपाली समाजमा व्याप्त भ्रष्टाचारविरुद्ध कार्टुनिस्ट क्लब अफ नेपालको आयोजनामा नेपालका सातै प्रदेशमा ‘निसाना’ शीर्षकमा कार्टुन प्रदर्शनी सम्पन्न भएको हो। पाठकले सधैं पत्रपत्रिकामा मात्रै कार्टुन हेर्दै आए पनि प्रदर्शनीका रूपमा क्लबको तर्फबाट पहिलोपटक कार्टुनलाई देशका सातै प्रदेशमा लगिएको हो।
पत्रपत्रिकामा मात्रै नभएर प्रत्यक्ष देखाउने चाहना पनि हो यो। भ्रष्टाचारको जरो समाजको तलसम्म फैलिए झैं भ्रष्टाचारविरोधी अभियान कार्टुनमार्फत सोही स्थानसम्म पुर्याउने लक्ष्यका साथ क्लबले प्रदर्शनी आयोजना गरेको हो। कार्टुन कलाको माध्यमले समाजमा व्याप्त भ्रष्टाचारलाई बाहिर ल्याउनु प्रदर्शनीको मुख्य उद्देश्य पनि हो।
कार्टुनमार्फत सरोकारीलाई घच्घचाउनु, उनीहरूको आचरणमा सुधारका निम्ति पहल गर्नु र आमनागरिकलाई भ्रष्टाचारका विभिन्न रूपबारेजानकारी दिनु पनि प्रदर्शनीको लक्ष्य थियो।
काठमाडौंको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलबाट वैशाख ४ गते सुरु भएको यो अभियान गण्डकीको पोखरामा भयो। मधेसको जनकपुर र प्रदेश १ को इटहरी, लुम्बिनीको बुटवल, कर्णालीको सुर्खेत र सुदूरपश्चिमको धनगढीमा भयो।
जसको समापन भदौ २५ गते भयो। प्रदर्शनीको मुख्य लक्ष्य भनेको समाजमा जरा गाडेर रहेको भ्रष्ट संस्कृतिलाई उजागर गर्दै सुशासनका निम्ति नागरिकलाई जागरुक बनाउनु हो। कार्टुनमार्फत सरोकारीलाई घच्घचाउनु, उनीहरूको आचरणमा सुधारका निम्ति पहल गर्नु र आमनागरिकलाई भ्रष्टाचारका विभिन्न रूपबारेजानकारी दिनु पनि प्रदर्शनीको लक्ष्य थियो।
सात प्रदेश घुम्ने क्रममा प्रायःजसो युवा पुस्ताले प्रदर्शनीका बारेमा बढी नै चासो राखेर समाजका बारेमा चिन्तन गरेको अनुभव पनि बटुल्न पायौं। हुन त नेपाली समाजमा मानिसको वैभवतालाई आर्थिक सम्पन्नतासँग जोडेर हेर्ने संस्कृतिको विकास पछिल्लो समय व्यापक रूपमा भइरहेको छ। तर उनीहरूको त्यो आर्थिक सम्पन्नता कसरी भयो भनेर सोचेको देखिँदैन।
मानिसको कर्मअनुसारको उसको आर्थिक हैसियतलाई प्रश्न उठाउने समाज भएको भए भ्रष्टाचारले अहिलेको जस्तो विकराल रूप लिने थिएन होला।
कुनै न कुनै रूपमा जनप्रतिनिधिमूलक संस्थाबाट यस्ता किसिमका हर्कत भएका छन्। यसले जनप्रतिनिधि र नागरिकलाई सतर्क बनाउनसमेत घच्घचाएको छ। कार्टुनमार्फत कलाकारले आग्रह पूर्वाग्रहबिना गरिएको तीखो प्रहारले गल्ती गर्नेलाई सच्चिन बाध्य पारेको छ।
अन्त्यमा, ‘निसाना’ ले समाजको भ्रष्ट यथार्थलाई कडा रूपमा प्रहार गरेको छ। विकृति विसंगतिविरुद्ध कार्टुनले शक्तिशाली सन्देश दिन सकेको छ। साथै पछिल्लो समय विकाससँगै भ्रष्टाचार पनि तल्लो तहसम्म पुगेको छ।
कुनै न कुनै रूपमा जनप्रतिनिधिमूलक संस्थाबाट यस्ता किसिमका हर्कत भएका छन्। यसले जनप्रतिनिधि र नागरिकलाई सतर्क बनाउनसमेत घच्घचाएको छ। कार्टुनमार्फत कलाकारले आग्रह पूर्वाग्रहबिना गरिएको तीखो प्रहारले गल्ती गर्नेलाई सच्चिन बाध्य पारेको छ।
भ्रष्टाचारविरुद्ध र सदाचारको पक्षमा सन्देश प्रवाह गर्न ‘निसाना’ सफल भएको छ। सेन्टर फर मिडिया रिसर्चको सहकार्यमा भएको प्रदर्शनीमा दुर्गा बराल ‘वात्स्सायन’, मोहनश्याम महर्जन खोकना, गेहेन्द्रमान अमात्य,नारदमणि हार्तम्छाली, जीवन राजोपाध्याय, अशोकमान सिंह, रविन सायमी, अविन श्रेष्ठको कार्टुन राखिएको थियो।
यस्तै, राजेश केसी, सुषमा राजभण्डारी, वासु क्षितिज, देवेन्द्र थुम्केली, रवि मिश्र, भानु भट्टराई, रवीन्द्र मानन्धर, योगेशकुमार खपांगी, केशवराज खनाल, राजेश मानन्धर, कृष्णगोपाल श्रेष्ठको राखिएको थियो।
प्रदर्शनीमा सुजिता महर्जन, रामकृष्ण थापा, सागर शाह, सुदर्शन सिग्देल, उमेशचन्द्र अधिकारी, अनुप गुरुङ, सानुराज डंगोल, अकृन अधिकारी, विरोचन मल्ल, आशिष खनालको पनि कार्टुन थियो। विष्णु अथकमनु, विश्व थापा, देव कोइमी, वामन चालिसे, महेश बस्ताकोटी, पानसिंह तमोर, रामहरि रिमाललगायत कार्टुनिस्टको कार्टुन दर्शकमाझ पुर्याइएको थियो।
अन्नपूर्ण पाेस्ट्रबाट