गोगोरोले ल्यायो ६ सेकेन्डमै इलेक्ट्रीक स्कुटरको ब्याट्री स्वापिङ टेक्नलोजी

गोगोरोले भारतमा देखाएको इलेक्ट्रीक स्कुटरमा १.६ किलोवाट आवरको पावर रहने र आगामी वर्षबाट मात्रै विक्री सुरू गर्ने जनाएको छ । यी स्कुटरमा गागोरोको ब्याट्री स्वापीङ स्टेनबाट सजिलै ब्याट्री स्वाप गर्न सक्नेछन् ।

यो प्रविधिको विस्तासँगै इलेक्ट्रीक स्कुटर चालकहरूलाई रेन्ज एन्जाइटी तथा रिचार्ज गर्दा लाग्ने लामो समयको कुराइबाट मुक्त राख्नेछ ।

ब्याट्री स्वापिङ प्रविधिमा पायोनीयर गागोरोले इलेक्ट्रीक स्कुटरको ब्याट्री स्वाप गर्न जम्मा ६ सेकेन्ड मात्र लाग्ने जनाएको छ । कम्पनीले भारतीय बजारमा यो टेक्नलोजी स्थापित गर्नका लागि जीप इलेक्ट्रीकसँग बीटूबी पार्टनरशिपको समेत घोषणा गरेको छ ।

कम्पनीले आफ्नो पहिलो पायलट प्रोजेक्टको रूपमा आगामी डिसेम्बर महिनाबाटै भारतीय प्रमुख सहरहरू गुरुग्राम, दिल्ली, नोयडा, बैंगलोर परिदावाद र गाजियावादमा गोगोरो नेटवर्क गोस्टेसन, गोगोरो स्मार्ट ब्याट्रीज तथा गोगोरो स्मार्ट स्कुटर प्रविधिको सुरुवात गर्ने भएको हो ।

यो टेक्नलोजी अन्तर्गत ब्याट्री स्वापिङ स्टेसनमा फुलचार्ज भएर बसेका ब्याट्रीहरू रहेका हुन्छ र स्कुटर चालकले आफ्नो स्कुटरको सकिन लागेको ब्याट्री छाडेर फुल चार्ज भएकाे ब्याट्री साट्न सक्नेछन् । यो कार्यका लागि चालकले आफ्नो ब्याट्री स्टेसनमा हालेपछि रिचार्ज गर्दा लाग्ने शुल्क भने एड्भान्समै तिर्नु पर्नेछ ।

यो प्रविधिको विस्तासँगै इलेक्ट्रीक स्कुटर चालकहरूलाई रेन्ज एन्जाइटी तथा रिचार्ज गर्दा लाग्ने लामो समयको कुराइबाट मुक्त राख्नेछ ।

ताइवानी कम्पनी गोगोरोले १० हजार स्वाप स्टेसनबाट वार्षिक ११ लाख ब्याट्री स्वाप गरिरहेको छ । भारतीय बजारमा बढ्दै गएको इलेक्ट्रीक स्कुटरको बजारलाई ध्यानमा राखेर गोगोरोको यो प्रविधि भित्राइएको हो ।

मेराे अटाेबाट

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?