तोलामा १४ सय रूपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं, कात्तिक २०

 

नेपाल सुनचाँदी व्यवसायी महासंघले साताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्य एकैदिन १४ सय रूपैयाँले बढेको जनाएकाे छ ।

यससँगै छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ५०० रूपैयाँ र तेजाबी सुनको मूल्य तोलामा ९४ हजार रूपैयाँ कायम रहेको महासंघले जनाएकाे छ ।

गत साताकाे शुक्रबार छापावाल सुनको मूल्य तोलामा ९३ हजार १०० र तेजाबी सुनको मूल्य तोलामा ९२ हजार ६०० रूपैयाँ कायम थियो ।

त्यस्तै, आइतबार चाँदीको मूल्यमा समेत भारी वृद्धि देखिएको छ । महासंघले आइतबार एकैदिन चाँदीको मूल्य तोलामा ५० रूपैयाँ बढेको जनाएको छ । यससँगै, चाँदीको मूल्य तोलामा १२ सय ७५ रूपैयाँ कायम भएको छ ।

न्युज कारखाना 

 

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?