साझाकथा संवाददाता
काठमाडौं कार्तिक २०
भान्छामा आलुको परिकार धेरैकाे तयार हुने गर्छ । तपाइकाेमा कति बन्ने गर्छ ? अनि तपाईँले आफ्ना बालबच्चालाई आलु कत्तिको खुवाउनुहुन्छ ? यदि खुवाउनु भएको छैन भने अव खुवाउने सुरू गर्नुस् ।
एक सोधपत्रका अनुसार १ देखि ३ वर्ष उमेर समूहका बालबालिकाको लागि चाहिने पोटासियम र फाइबरको एक प्रमुख स्रोत हो आलु । सोधकर्ताहरुका अनुसार अनुसार मावन शरीरको विकासको लागि जरुरी हुने फाईबर आलूबाट आपूर्ती हन्छ ।
बेलर कलेज अफ मेडिसिनका सोधकर्ता थेसोरा मिकलले भने , बालबच्चाले सबै खालका तरकारी खान जरुरी हुन्छ । खास गरी पोटासियम र फाइबर पाइने तरकारी बच्चालाई एकदम जरुरी हुन्छ ।
बेलर कलेज अफ मेडिसिनका सोधकर्ता थेसोरा मिकलले भने , बालबच्चाले सबै खालका तरकारी खान जरुरी हुन्छ । खास गरी पोटासियम र फाइबर पाइने तरकारी बच्चालाई एकदम जरुरी हुन्छ । र त्यसको लागि सबैभन्दा उपयुक्त आलू र त्यसका परिकार हुनसक्छ ।
उनले बच्चाहरुले अरु तरकारीहररू स्वादका हिसावले मन नपराए पनि आलु भने धेरैले मन पराउने गरेको बताए । उनी भन्छन्, त्यसैले तपाईँ फाइदा उठाउनुस् र बच्चाको खानामा आलु समावेस गर्नुस् ।