गठबन्धनको झूटो प्रपञ्च भत्काउँदै एमालेले बहुमत ल्याउँछ: ओली

कास्की , कार्तिक २१

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा एमालेले बहुमत ल्याउने दाबी गरेका छन् ।

पूर्वप्रधानमन्त्री ओलीले गठबन्धनको झुठा प्रपञ्च भत्काउँदै मुलुकलाई समृद्धिको दिशामा अघि बढाउन एमालेले बहुमत ल्याउने बताए ।

मुलुकमा स्थायित्व, शान्ति र विकासका लागि एमालेको जित आवश्यक रहेको ओलीले बताए । नेकपा एमाले जिल्ला निर्वाचन परिचालन कमिटी कास्कीले पोखरामा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री ओलीले गठबन्धनको झुठा प्रपञ्च भत्काउँदै मुलुकलाई समृद्धिको दिशामा अघि बढाउन एमालेले बहुमत ल्याउने बताए ।

ओलीले भने, ‘गठबन्धनको नाममा विभिन्न पाँचतर्फ फर्केका पाँच ओटा घोषणापत्र छन्, कसको लागू गर्ने हो भन्नेमै झगडा हुन्छ । एउटाले कार्यकारी प्रधानमन्त्री भनेको छ, अर्कोले कार्यकारी राष्ट्रपति भनेको छ । कसैले यही ठिक भनेको छ । यहीमा झगडा हुन्छ । काम हुँदैन ।’

संसद् विघटन प्रतिगमन नभएको भन्दै उनले यसको गलत विश्लेषण भएको बताए । शक्ति पृथकीकरणको सिद्धान्तअनुरूप संसद्को अधिकारलाई खुम्च्याएर अदालतले परमादेश गरी आफ्नो सरकार अपदस्त गरेको ओलीको आरोप छ ।

अन्नपुर्ण पाेस्ट्बाट

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?