अबकाे राष्ट्रपति र उपराष्ट्रपति को ?

सुभाष साह

काठमाडौं । कार्तिक २१

राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दकिशोर पुनको कार्यकाल अबको केही हप्तापछि सकिँदै छ । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतपरिणाम आएपछि नयाँ राष्ट्रपति र उपराष्ट्रपतिको चयन हुनेछ ।

निर्वाचनसँगै अबको राष्ट्रपति र उपराष्ट्रपति को हुने भन्ने चर्चा पनि सुरु भएको छ । राजनीतिक दलहरू निर्वाचनमा होमिएका छन् । सर्वसाधारणसँगै राजनीतिक दलबीच अबको राष्ट्रपति को हुने भन्ने चासो व्यक्त भइरहेको छ ।

सत्तारूढ दलकाबीचमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपसभामुख को हुने भन्ने’boutमा अझै निर्णय गर्न बाँकी नै छ ।

निर्वाचनमा दुई गठबन्धनसँगै स्वतन्त्र उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् । नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा), राष्ट्रिय जनमोर्चाको एउटा गठबन्धन छ ।

अर्कोतर्फ नेपाल कम्युनिस्ट पार्टी (एमाले), जनता समाजवादी पार्टी नेपाल (जसपा), राप्रपा, राप्रपा नेपालको तालमेल रहेको छ ।

सत्तारूढ गठबन्धनले निर्वाचनमा बहुमत ल्याएको अवस्थामा राष्ट्रपति को हुने भन्ने’bout निर्णय गरिसकेको छैन । उसले बहुमत ल्याएको अवस्थामा प्रमुख पदमा भागबन्डा गरेर अगाडि बढ्ने निश्चित प्रायः छ ।

सत्तारूढ दलकाबीचमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपसभामुख को हुने भन्ने’boutमा अझै निर्णय गर्न बाँकी नै छ ।

यस्ता छन् दाबेदार

कांग्रेसले राष्ट्रपति पाएमा वरिष्ठ नेता रामचन्द्र पौडेललाई अघि सार्ने सम्भावना छ । प्रधानमन्त्रीका आकांक्षी रहेका पौडेललाई राष्ट्रपति बनाउन सकिने चर्चा कांग्रेसभित्र रहेको छ । यस्तै, अर्का वरिष्ठ नेता कृष्णप्रसाद सिटौलासमेत राष्ट्रपतिको दौडमा रहेका छन् । तर, सिटौलाभन्दा बढी पौडेलको सम्भावना रहेको कांग्रेस नेताहरू बताउँछन् ।

सत्तारूढ गठबन्धनमा रहेको माओवादी केन्द्रको भागमा राष्ट्रपति परेको अवस्थामा अहिलेका उपराष्ट्रपति नन्दकिशोर पुन, डा. बाबुराम भट्टराई, सभामुख अग्निप्रसाद सापकोटामध्ये एक हुन सक्नेछन् ।

एमालेको गठबन्धनले निर्वाचनमा बहुमत ल्याएको अवस्थामा उपाध्यक्षद्वय अष्टलक्ष्मी शाक्य र सुवासचन्द्र नेम्वाङमध्ये एकलाई अघि सार्ने सम्भावना छ ।

पुन ‘उपराष्ट्रपतिको जिम्मेवारी सफल रूपमा निर्वाह गरिसकेको’ र सापकोटा ‘सभामुखको भूमिका राम्रोसँग निर्वाह गरिसकेकाले’ उनीहरू चर्चामा छन् । तर, निर्वाचनमा उम्मेदवार नरहेका डा. भट्टराईको सम्भावना बढी रहेको समेत बताइन्छ ।

गठबन्धनमै रहेको एकीकृत समाजवादीले राष्ट्रपति पाएको अवस्थामा सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई अघि सार्ने सम्भावना छ । यसअघि समेत राष्ट्रपतिको दौडमा खनाल थिए । एमालेले अहिलेको राष्ट्रपति भण्डारीलाई अघि सारेपछि खनाल राष्ट्रपति हुन नसकेका हुन् ।

यदि एमालेको गठबन्धनले निर्वाचनमा बहुमत ल्याएको अवस्थामा उपाध्यक्षद्वय अष्टलक्ष्मी शाक्य र सुवासचन्द्र नेम्वाङमध्ये एकलाई अघि सार्ने सम्भावना छ । संघीय सरकारको पटकपटक मन्त्रीका साथै बाग्मती प्रदेशको मुख्यमन्त्रीको जिम्मेवारी निर्वाह गरिसकेकी शाक्य महिलासमेत भएकाले उनको सम्भावना बढी रहेको छ ।

प्रमुख तीन कम्युनिस्ट पार्टी मिलेर अगाडि बढ्ने अवस्थासमेत आउन सक्ने सम्भावना नकार्न सकिँदैन ।

यस्तै, पूर्व सभामुख रहेका नेम्वाङ आफ्नो जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेको र पार्टीभित्र समेत समन्वयकारी भूमिका खेलेका कारण उनको सम्भावनासमेत बढी रहेको चर्चा एमालेभित्र रहेको छ ।

सत्तारूढ गठबन्धनमा रहेको माओवादी केन्द्रले सम्मानजनक मत नपाएको अवस्थामा गठबन्धन भत्किन सक्ने र एमालेसहितको गठबन्धन बन्ने अवस्थामा प्रमुख पदमा भागबण्डा गरेर सरकार निर्माण हुन सक्ने बताइन्छ ।

प्रमुख तीन कम्युनिस्ट पार्टी मिलेर अगाडि बढ्ने अवस्थासमेत आउन सक्ने सम्भावना नकार्न सकिँदैन ।

राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपसभामुखजस्ता प्रमुख पदमा भागन्डा गरेर अगाडि बढ्न सक्ने’bout समेत राजनीतिक दलका नेता सहमत छन् । आगामी निर्वाचनबाट कुनै एक दलको बहुमत नआउने सम्भावना रहेकाले गठबन्धन गरेर नै सरकार निर्माण हुन्छ ।

राष्ट्रपतिको निर्वाचनसम्बन्धी के छ कानुन ?


संविधानको धारा ६२ मा राष्ट्रपतिको निर्वाचन संघीय संसद्का सदस्य र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचक मण्डलबाट हुने व्यवस्था गरिएको छ ।

धारा ६२ मै थप व्यवस्था छ, ‘संसद्का सदस्य र प्रदेशसभाका सदस्यको मतभार संघीय कानुनबमोजिम फरक हुनेछ ।

प्रतिनिधिसभाका २ सय ७५ र राष्ट्रिय सभाका ५९ गरी संघीय संसद्मा ३ सय ३४ सदस्य मतदाता हुनेछन् । त्यस्तै, सातवटै प्रदेशमा गरी कुल ५ सय ५० प्रदेशसभा सदस्य गरी राष्ट्रपतिको निर्वाचनमा कुल ८ सय ८४ मतदाता हुनेछन् ।

तर, धारा ६२ मै थप व्यवस्था छ, ‘संसद्का सदस्य र प्रदेशसभाका सदस्यको मतभार संघीय कानुनबमोजिम फरक हुनेछ ।’ राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ मा संघीय संसद् र प्रदेशसभाका सदस्यको मतभार क्रमशः ७९ र ४८ तोकिएको छ । संघीय र प्रदेशसभामा जुन गठबन्धनको बहुमत हुन्छ त्यही गठबन्धनले राष्ट्रपति र उपराष्ट्रपतिमा विजयी हुनेछ ।

राजधानीबाट

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?