
अमेरिकी फोटोग्राफर कितिया पावलोस्कीले सगरमाथा क्षेत्रमा देखिएको हिमचितुवा आफ्नो क्यामेरामा कैद गरेकी छिन् ।
पाँच हजार एक सय ६४ मिटर उचाइमा हिमचितुवाको पाइला भेटेपछि उनलाई त्यहाँ हिमचितुवा देख्ने आत्मविश्वास आएको थियो । त्यहाँबाट पाँच हजार चार सय ८६ मिटरको उचाइमा मौसम अनिश्चित थियो ।
निमेशभरमै घाम लाग्ने र चिसो बढ्ने हुन्थ्यो । तर उनलाई त्यो उचाइ नचढी सुख थिएन । नभन्दै त्यहाँ पुगेपछि उनले यी तस्विरहरू आफ्नो क्यामेरामा कैद गर्न सफल भएको बताएकी छिन् ।
यी तस्वीरहरू उनले पाँच हजार चार सय ८६ मिटर उचाईबाट गत अक्टोबर ९ मा खिचेकी हुन् ।
नेपालवाचबाट
तपाईलाई केहि भन्नु छ ?