ट्वीटरले ‘प्यारोडी’ खाताहरुलाई प्रतिबन्ध लगाउने

काठमाडौं कार्तिक २१

सामाजिक सञ्जाल ट्वीटरले गलत मनसायबाट खोलिएका ‘प्यारोडी’ खाताहरुलाई प्रतिबन्ध लगाउने भएको छ। ट्वीरका मालिक एलन मस्कले यसबारे जानकारी दिएका छन्। उनले त्यस्ता खाताहरुले स्पष्टरुपमा ‘प्यारोडी’ खाता रहेको उल्लेख गर्नुपर्ने जनाएका छन्।

ट्वीटरले अबदेखि ‘ब्लुटिक’ लगाउने प्रयोगकर्ताबाट शुल्क असुल्नेसमेत बताएको छ। यसबारे मस्कले मासिक ८ डलरसम्म असुल्ने जानकारी दिएका छन्।

उनले प्यारोडी उल्लेख नभएका खाताहरुलाई स्थायीरुपमा प्रतिबन्ध गर्ने ट्वीटरमा उल्लेख गरेका छन्। ट्वीरलाई आफ्नो स्वामित्वमा लिएपछि मस्कले नक्कली खाताहरुलाई सधैंका लागि बन्द गर्ने बताउँदै आएका थिए।

त्यतिमात्र होइन, ट्वीटरले अबदेखि ‘ब्लुटिक’ लगाउने प्रयोगकर्ताबाट शुल्क असुल्नेसमेत बताएको छ। यसबारे मस्कले मासिक ८ डलरसम्म असुल्ने जानकारी दिएका छन्। यद्यपि यो शुल्क लिने नलिनेबारे अन्तिम निर्णय भइसकेको छैन।

अन्नपुर्ण पाेस्ट्बाट

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?