खोटाङमा सडक अलपत्र पार्ने निर्माण कम्पनीको एक्स्काभेटर नगरपालिकाको नियन्त्रणमा

डम्बरसिं राई

दिक्तेल–खोटाङ बजार सडक निर्माण अलपत्र पार्ने निर्माण कम्पनीको एक्स्काभेटर र ब्याक लोडर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नियन्त्रणमा लिएको छ ।

ढुकुछु–बगाले बि.एन.टी निर्माण कम्पनीले काम छाडेर गएपछि आइतबार एक्स्काभेटर र ब्याक लोडर नियन्त्रणमा लिइएको हो ।

दिक्तेल हस्पिटलचोकदेखि लफ्याङको दुबेचिवासम्मको प्याकेजमा ठेक्का पाएको निर्माण कम्पनीले बीचमै काम छाडेको हो । पाँच करोड छ लाख ५५ हजार पाँच सय ९६ रुपैयाँको लागतमा २०७९ पुस २० गतेभित्र सक्ने गरी निर्माण कम्पनीले २०७८ जेठ २० गते सम्झौता गरेको थियो ।

तर, कामै नसकी फिल्ड छाडेर गएपछि एक्स्काभेटर र ब्याक लोडर नियन्त्रण लिइएको नगरपालिकाका प्रवक्ताा तथा वडा नं ५ लफ्याङका अध्यक्ष दिनेश घिमिरेले बताए ।

सडक निर्माण अलपत्र छाडेर गएपछि निर्माण कम्पनीसँग सम्बद्धको खोजी गर्न र आवश्यक कारबाही प्रक्रिया बढाउन नगरप्रमुख तीर्थराज भट्टराई असोज २८ गते संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालयअन्तर्गत सडक डिभिजन हर्कपुर पुगेका थिए ।

एक्स्काभेटर र ब्याकलोडरमा आइतबार चाबी हालिएको छ । निर्माण कम्पनी भागेकाले वार्ता गर्न सहज होस् भनेर नियन्त्रणमा लिएको घिमिरेले बताए । सडक निर्माण अलपत्र छाडेर गएपछि निर्माण कम्पनीसँग सम्बद्धको खोजी गर्न र आवश्यक कारबाही प्रक्रिया बढाउन नगरप्रमुख तीर्थराज भट्टराई असोज २८ गते संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालयअन्तर्गत सडक डिभिजन हर्कपुर पुगेका थिए ।

त्यसपछि पनि कात्तिक ३ गते सम्बन्धित निर्माण कम्पनी र सडक डिभिजन कार्यालयलाई पत्राचार गरेको थियो । निर्माणमा संलग्न संजीव गुरुङले भने केही दिनमा काम सुरु गर्ने बताउँदै आएका छन् ।

चाबहिल, अल्छेढुंगा–नेर्पा–दोर्पा सडक स्तरोन्नति अलपत्र पार्ने उत्सव निर्माण सेवालाई काम गराउनुपर्ने भन्दै सघन सहरी तथा भवन निर्माण अयोजना ओखलढुंगालाई पत्राचार गरेको भट्टराईले बताए ।

उक्त सडकअन्तर्गत दुबेचिवा–साप्सुखोला प्याकेजको काम भने भर्खरै सुरु भएको छ । दुई करोड ९६ लाख ३७ हजार पाँच सय ८६ रुपैयाँ लागतमा २०७९ माघ १५ गतेभित्र सक्ने गरी सगरमाथा-सजिव-आर.एन.जेभीले २०७८ चैत २८ गते सम्झौता गरेको थियो । म्याद सकिनुभन्दा दुई महिनाअघि नै सक्ने गरी काम भइरहेको निर्माणमा संलग्न कृष्ण घिमिरेले बताए ।

सडक डिभिजन कार्यालय हर्कपुरका प्रमुख इन्जिनियर अरुणदेवलाल कर्णले काम पुन: सञ्चालन गराउन ताकेता भइरहेको बताए । यसबाहेक भुते जिरोप्वाइन्ट आयुर्वेद सडक स्तरोन्नति र हाटडाँडा–काफ्लेगाउँ–घुम्तीबर सडक स्तरोन्नति अलपत्र पार्ने लगलगे कन्ट्रक्सन चाबहिल, अल्छेढुंगा–नेर्पा–दोर्पा सडक स्तरोन्नति अलपत्र पार्ने उत्सव निर्माण सेवालाई काम गराउनुपर्ने भन्दै सघन सहरी तथा भवन निर्माण अयोजना ओखलढुंगालाई पत्राचार गरेको भट्टराईले बताए ।

मध्यपहाडी लोकमार्गमा पर्ने छेपेखोला पुलको जिम्मा लिने सगरमाथा–सजिव–आर.एन जेभी पंखुखोला पुलको साप–सिरुवा जेभी र भालुखोला, मेवाखोला पुलसँग सम्बद्ध के.एम. इन्जिनियर विल्डर्सलाई ताकेता गर्न पुष्पलाल राजमार्ग योजना धुलिखेललाई पत्राचार गरिएको भट्टराईले सुनाए ।

कान्तिपुरबाट

 

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?