साझाकथा संवाददाता
काठमाडाैं कार्तिक २२
धेरै मानिसमा हाड-जाेर्नी समस्य देखिन्रछ । हाड–जोर्नी बिग्रिने, खिइने समस्याबाट बच्नका लागि खानपान एवं जीवनशैलीमा सुधार गर्नु सबैभन्दा महत्वपूर्ण हुन्छ ।
शरीर मोटो होइन बलियो बनाउनुपर्छ, अर्थात् मांसपेशी, हड्डी बलियो बनाउने तर बोसोयुक्त फोक्से मासु बढ्न नदिने । खेत जोत्नेले जस्तो खाने अनि गाडीमा हिँड्ने, टेबल वर्क गर्ने, व्यायाम नगर्ने गर्दा मोटोपन बढ्छ ।
उमेर बढी भइसकेको छ, घुँडा खिइन थालेको छ भने अग्लो भर्याङ धेरै चढ्ने–झर्ने, उकालो–ओरालो हिँड्ने, पलेटी कसेर बस्ने गर्नुहुन्न ।
शारीरिक काम धेरै गर्ने हो भने कार्बोहाइड्रेड, प्रोटिन जे खाए पनि हुन्छ । घिउ, मासु पनि प्रशस्त खान सकिन्छ । तर शारीरिक कार्य नगर्ने, व्यायाम पनि कम गर्ने हो भने यस्ताले खाना घटाउनुपर्छ ।
सिसी, बट्टा, प्लास्टिकमा बन्द गरिएका बजारिया जंक फूड खानुहुँदैन, यस्ता वस्तु खाँदा आश्चर्यजनक ढंगले मोटोपन बढ्छ । उमेर बढी भइसकेको छ, घुँडा खिइन थालेको छ भने अग्लो भर्याङ धेरै चढ्ने–झर्ने, उकालो–ओरालो हिँड्ने, पलेटी कसेर बस्ने गर्नुहुन्न । त्यस्तै ट्वाइलेटको प्यानमा बस्न गाह्रो छ भने कमोटमा बस्नुपर्छ ।
डाँडाकाँडामा हिँडेर जोर्नी दुख्ने भए पहाड–पखेरामा जीवन गुजारिरहेकाहरुको बढी दुख्नुपर्ने हो, तर त्यसो भएको पाइँदैन ।
चिसोले जोर्नी दुख्छ भन्ने आम मानिसको बुझाइ छ । त्यसो हो भने हिमाली क्षेत्रका धेरै मानिसलाई जोर्नी दुख्नुपर्ने हो । डाँडाकाँडामा हिँडेर जोर्नी दुख्ने भए पहाड–पखेरामा जीवन गुजारिरहेकाहरुको बढी दुख्नुपर्ने हो, तर त्यसो भएको पाइँदैन । त्यहाँ ६०–७० वर्षका मानिस खेतबारीमा काम गरिरहेका हुन्छन्, उकालो–ओरालो हिँडिरहेका हुन्छन् ।
जसले जुन ठाउँको भौगोलिक परिस्थिति अनुसार प्राकृतिक जीवनशैली र खानपान अपनाएको छ त्यो ठाउँका लागि त्यही सही हुन्छ । गाउँका दूरदराजका मानिसलाई स्पोर्टस सुज लगाएर हिँड, उकालो–ओरालो नहिँड भनियो भने त्यो गलत हुन्छ । सानैदेखिको जीवनशैली जस्तो छ त्यस्तै हुन दिनुपर्छ ।
हड्डी खिइएर दुखेकोमा तातोले सेक्नुपर्छ भन्ने धेरैमा भ्रम छ । तातोले एकछिन् आनन्द दिए पनि परिणाम राम्रो हुन्न । यसो गर्दा झन् बिग्रिने, सुन्निने हुन्छ । चिसोले सेक्दा फाइदा हुन्छ । चिसोले सेक्ने भनेको धेरै चिसो पार्ने होइन, सेलाउने मात्र हो । कसै–कसैले चिसोले सेकाउने भनेर बरफ राखी नीलो बनाएर आएको पनि पाइन्छ, त्यो पनि गलत हो ।
क्याल्सियम पनि आफूखुशी किनेर खाँदा हानि गर्छ । बढी क्याल्सियम खायो भने मुटुको मांसपेशी, भल्भलाई असर गर्न सक्छ ।
हामीकहाँ हाड–जोर्नी बलियो बनाउने भन्दै आफूखुशी क्याल्सियम, भिटामिड ‘डी’ खाने गलत चलन छ । भिटामिन ‘डी’ धेरै खाँदा शरीरमा विषाक्तता बढ्छ । यसले मिर्गौलामा क्षति गर्छ । त्यसैले मिर्गौलाका बिरामीलाई अर्कै खाले भिटामिन ‘डी’ खुवाउने गरिन्छ । क्याल्सियम पनि आफूखुशी किनेर खाँदा हानि गर्छ । बढी क्याल्सियम खायो भने मुटुको मांसपेशी, भल्भलाई असर गर्न सक्छ ।
त्यसैले भिडामिन ‘डी’, क्याल्सियम नजँचाई खानुहुँदैन । बरु खानाबाट नै यस्ता तत्व प्राप्त गर्नुपर्छ । जस्तो– दूध र अण्डा खाए प्रशस्त क्याल्सियम पाइन्छ । अण्डाको पहेँलो भागमा भिटामिन ‘डी’ पाइन्छ । एकथरी मानिस अण्डाको पहेँलो भागमा कोलेस्ट्रोल हुन्छ, अण्डाले युरिक एसिड बढ्छ, खानै हुन्न भन्ने भ्रममा छन् । यस्ता भ्रम तोड्नुपर्छ ।
न्युज एजेन्सीहरूकाे सहयाेगमा