भाेली खग्रास चन्द्रग्रहण ग्रहणमा के के गर्ने ?

साझाकथा संवाददाता

काठमाडाैं, कार्तिक २१ गते

कार्तिक २२ गते मंगलवार ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्दैछ । यो ग्रहण नेपालमा भने चन्द्रमाको उदयपछि मात्र देखिने छ ।
जापान, कोरिया, चाइना, भारत, क्यानडा, अलास्का आदि देशहरुबाट खग्रास चन्द्रग्रहण देखिने छ भने नेपाल भारत, पाकिस्तान, आदि देशहरुबाट भने साँझमा चन्द्रमा उदाउदा ग्रहण लागिरहेको देखिनेछ ।

चन्द्रग्रहण टेलीस्कोपको माध्यमबाट हेर्न चाहने सम्पूर्ण इच्छुक व्यक्तित्वहरुलाई तक्षशिला एष्ट्रनोमी क्लबले सामाखुशी स्थित तक्षशिलाकलेजको छतबाट निःशुल्क रुपमा हेर्नसक्ने व्यवस्था समेत मिलाएको छ ।

एकवर्षमा सवैभन्दा बढी तीनवटा चन्द्रग्रहण भयो भने चारवटासम्म सूर्यग्रहण हुनसक्दछ

कुनै पनि साधारण मानिसका लागि ग्रहण एउटा आश्चर्यलाग्दो खगोलीय घटना हुनसक्छ, चाहे त्यो सूर्यग्रहण होस् या त्यो चन्द्रग्रहण । साधारण मानिसले यस्तो घटनालाई एउटा अलौकिक र विरलै हुने घटनाको रुपमा लिएको पाइन्छ ।

साच्चै भन्ने हो भने ग्रहण एउटा प्राकृतिक र निरन्तर भइरहने साधारण खगोलीय घटनाक्रम मात्र हो । साधारणतया सूर्यग्रहणको तुलनामा चन्द्रग्रहण धेरै भएको जस्तो देखिन्छ तर पनि वास्तवमा सूर्यग्रहणको संख्या चन्द्रग्रहणको भन्दा धेरै हुने गर्दछ । एकवर्षमा सवैभन्दा बढी तीनवटा चन्द्रग्रहण भयो भने चारवटासम्म सूर्यग्रहण हुनसक्दछ एष्ट्रो नेपालका सदस्य अमेरिकि खगोल समाज अध्यक्ष तथा जयन्त आचार्यले एक प्रेस विज्ञप्ति जारी गरी सो जानकारी गराउनुभयो ।

विज्ञप्तिमा जनाइए अनुसार सूर्यग्रहण र चन्द्रग्रहणको अधिकतम अनुपात चार र तीनको हुने गर्दछ । पृथ्वीको आधा भागमा रहेका मानिसहरुले एकैपटक चन्द्रग्रहण लागेको दख्न सक्छन् भने सूर्यग्रहणको दृश्य पृथ्वीका केवल सय माइलभन्दा कम चौडाइ र तीनहज्जार माइल लम्बाईमा बस्ने मानिसहरुले मात्र देख्न सक्दछन् ।

सूर्यग्रहण हेर्दा सूर्यबाट आएका किरणहरुलाई हाम्रो आँखा भित्र पस्न नदिन विभिन्न खालका सावधानीहरु अपनाउनु पर्ने हुन्छ

त्यसैले पृथ्वीका मानिसहरुले चन्द्रग्रहण धेरै भएको जस्तो अनुभव गर्दछन् वास्तवमा त्यो सत्य होइन । ग्रहणको अवधि चन्द्रमा पृथ्वी र सूर्यको दूरीमा निर्भर गर्ने गर्दछ । परन्तु सर्वसूर्यग्रहण अधिकतम आठ मिनेटसम्म लाग्नसक्दछ भने सर्वचन्द्रग्रहण दुईघण्टा भन्दा केहिकम समयसम्म लाग्न सक्दछ भने खण्ड र सर्वग्रास ग्रहण गरेर चन्द्रग्रहणको अवधि ३ घण्टा ४८ मिनेटसम्म पनि हुन सक्दछ ।

यो समय मध्यममानले बताईएको हो, सूक्ष्म गणित गरी ग्रहणको समय सीमा निर्धारण गर्ने गरिन्छ जसमा केहि फरक हुन सक्दछ । अन्तराष्ट्रिय प्रकाश वर्ष २०१५ नेपाल अध्यक्ष समेत रहेका आचार्यले दिनुभयाे ।

उहाँकाे जानकारी अनुसार सूर्यग्रहण हेर्दा सूर्यबाट आएका किरणहरुलाई हाम्रो आँखा भित्र पस्न नदिन विभिन्न खालका सावधानीहरु अपनाउनु पर्ने हुन्छ भने चन्द्रग्रहण जो कोहिले पनि नाङ्गो आखाले सजिलै हेर्न सक्छन् ।

नेपाली पात्राहरुमा ग्रहणको गणना आफैले नगरी भारतीयहरुले जुन समय गणनागरी राखेका छन् त्यसैलाइ सुटुक्क चोरी लेखेको देखिन्छ । नेपालमा गणनागर्न जान्ने मानिसहरु नभएकात होइनन् तथापि पञ्चाङ्गगणकहरुले ग्रहण गणना गर्ने गरेको पाइदैन । 

चन्द्रग्रहण टेलीस्कोप, वाइनाकुलर, क्यामरा वा अरुकुनै सामाग्रीले हेर्दा केही असर गर्दैन चन्द्रग्रहणमा कुनै त्यस्ता आखालाइ हानी नोक्सानी पुर्याउने खालका किरणहरु आएका हुदैन ।

यो ग्रहण नेपालको काठमाण्डौमा कार्तिक बाइस गते साझ चन्द्रमाको उदय ५ः११ मिनेटमा हुनेछ तथा त्यस बेलामा ग्रहणलागेको हुनेछ भने ६ः३४ बजे ग्रहण समाप्त हुने छ ।

नेपाली पात्राहरुमा ग्रहणको गणना आफैले नगरी भारतीयहरुले जुन समय गणनागरी राखेका छन् त्यसैलाइ सुटुक्क चोरी लेखेको देखिन्छ । नेपालमा गणनागर्न जान्ने मानिसहरु नभएकात होइनन् तथापि पञ्चाङ्गगणकहरुले ग्रहण गणना गर्ने गरेको पाइदैन ।

सायद पञ्चाङ्गगणकहरु र पञ्चाङ्गनिर्णायककर्ताहरु को चयन गर्दा योग्यताको आधारमा नभइ पउचको आधारमा नियुक्त हुने परम्परा भएकाले यस्तो हुन पुगेको हुनसक्छ ।

तीनै पात्रा बनाउनेहरुका अनुसार कार्तिक २२ गते साझ लाग्ने चन्द्रग्रहण मेष, बृष, सिंह, कन्या, तुला, धनु, र मीन राशि भएका मानिसहरुले हेर्न नहुने बताइएको छ भने मिथुन, कर्कट, वृश्चिक, कुम्भ राशिभएका मानिसहरुले हेर्नहुने वताएको पाइन्छ ।

ग्रहण सम्बन्धी तत्थ्यहरू

  •  नेपालमा चन्द्रग्रहण साझ ५ः११ बाट मात्र देखिन्छ
  •  ग्रहणको समाप्ति साझ ६ः३४ मा हुनेछ
  •  यो ग्रहणलागेको दृश्य नेपाल, भारत, चीन, पाकिस्तान, आदिमुलुकहरुबाट चन्द्रमा उदाउदा देख्न सकिन्छ ।
  •  यसै नाङ्गो आखाले जो कोहिले पनि हेर्नहुने
  • धर्मशास्त्रलाई मान्नेहो भने मिथुन, कर्कट, वृश्चिक, कुम्भ, राशिभएका मानिसहरुले मात्र हेर्नहुने वताएको पाइन्छ ।
तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?