डाेटी केन्द्रविन्दु भएर ५.७ म्याग्निच्युडको भूकम्प

डोटी, कार्तिक २२

डोटी केन्द्रविन्दु भएर मङ्गलवार राति  भूकम्प गएको छ । कर्णाली प्रदेशका केही जिल्लामा समेत भूकम्पको धक्का महसुस गरिएको हो।

राति ९ बजेर ७ मिनेटमा डोटीको खप्तड राष्ट्रिय निकुञ्ज आसपास केन्द्र भएर ५ दशमलव ७ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेशका धेरैजसो जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । गोरखा भूकम्पको परकम्प नभई नयाँ भूकम्प भएको सो केन्द्रले जनाएको छ। भूकम्पबाट भएको क्षतिबारे कुनै जानकारी नआएको केन्द्रले जनाएको छ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?