विश्वमा विक्री हुने प्रिमियम ब्राण्डका धेरै कार नेपाली बजारमा छैनन् । अहिलेसम्म जर्मन ब्राण्ड बीएमडब्लू र सर्मिडिज तथा जापानी ब्राण्ड लेक्सस बाहेक अन्य प्रिमियम कार उत्पादकले नेपालमा गाडी विक्री गरेका छैनन् ।
प्रिमियम कार ल्याएर विक्री गर्दै धनाढ्यहरुको चाहना पुरा गराउँदै आएका किशोर गियरका संचालक किशोर वादे श्रेष्ठ सरकारले काम गरेर खान नदिएको गुनासो गर्छन् ।
राज्यले गाडी आयात गर्न बेला बखतमा दोस्रो बाटो खोलिदिएको समयमा भने ल्याण्डरोभर, ज्यागुअर, अउडी जस्ता ब्राण्ड नेपाल आए थिए । तर, यी ब्राण्डको उपस्थिति नियमित रुपमा बिक्री गर्नेगरी भएको छैन ।
नेपालमा प्रिमियम कार ल्याएर विक्री गर्दै धनाढ्यहरुको चाहना पुरा गराउँदै आएका किशोर गियरका संचालक किशोर वादे श्रेष्ठ सरकारले काम गरेर खान नदिएको गुनासो गर्छन् । उनि भन्छन्, ‘यहाँ ब्यापार गरेर खान्छु भन्दा पनि सरकारले दिदैन ।
सरकार नै नयाँ ब्यवसायी आउँछ कि भनेर डराएर बसेको अवस्था छ । त्यसैले यहाँ ब्यापार गरेर खान निकै कठिन छ ।’
किशोर गियरले नेपालमा सुरुमा प्यूजो, मर्सिडिज, ज्यागुअर, ल्याण्डरोभर जस्ता ब्राण्ड ल्याएको थियो । तर, कम्पनीले यी कुनै पनि ब्राण्डको शोरुम निर्माण गरेर आधिकारीक विक्री वितरण भने गरेन ।
उक्त कम्पनी लामो समयदेखि मर्सिडिजको आधिकारीक विक्रेता रहेको थियो । अहिले संचालकहरुको विवादको कारण मर्सिडिजको आयात पनि ठप्प छ ।
अहिले ८ महिनादेखि आयात प्रतिबन्ध रहेको कारण गाडी उपलब्ध गराउन सकिएको छैन’, बीएमडब्लूको आधिकारीक विक्रेता लक्ष्मी प्रिमियम स्रोतले मेरोअटोसँग भन्यो ।
सन् २०२० मा नेपाल आएको बीएमडब्लू पनि सरकारको अस्थीर नीतिको मारमा परेको छ । सरकारले कहिले डलरको सिमा तोकेर आयात बन्द गर्ने त कहिले पूर्ण आयात प्रतिबन्ध लगाउने गरेको कारण बीएमडब्लूले पनि गाडी राम्रोसँग आयात गरेर विक्री गर्न पाएको छैन ।
‘हामी कोभिड संक्रमण तिब्र गतिमा फैलिएको समयमा नेपाल आयौं । त्यसपछि डलरको सिमा तोकेर आयात गर्न रोमियो । साथै, अहिले ८ महिनादेखि आयात प्रतिबन्ध रहेको कारण गाडी उपलब्ध गराउन सकिएको छैन’, बीएमडब्लूको आधिकारीक विक्रेता लक्ष्मी प्रिमियम स्रोतले मेरोअटोसँग भन्यो ।
विद्युतीय गाडीको उत्पादन र विक्री बढेसँगै यसमा पनि केही प्रिमियम गाडी उत्पादन गर्ने ब्राण्डका रुपमा अगाडि आएका छन् ।
बीएमडब्लू नेपालको लागि निकै प्रिमियम ब्राण्ड मानिन्छ । कम्पनीले २ करोड ७० लाखदेखि ५ करोड मूल्यसम्मका एसयूभीहरु विक्री वितरण गर्दै आएको छ ।
जीपले पनि अमेरिकाबाट सिधै आयात गरेर लाइफ स्टाइल सेग्मेन्टमा ग्राण्ड चेरोकी र रुवीकन नेपाल ल्याएको थियो । बजारमा देखिएको तरलता अभाव र बैंकले गाडी किन्नेलाई गर्ने लगानी खुम्चाएको कारण यसको पनि राम्रो पर्फमेन्स हुन सकिरहेको छैन ।
भविष्यमा पनि प्रिमियम ब्राण्डलाई चुनौती
कम्तीमा नेपाल जस्तो देशमा प्रिमियम ब्राण्डले गाडी विक्री सुरु गर्न हत्तपत्त आँट गर्दैनन् । ल्याण्डरोभर, ज्यागुअर, मिनी कुपर, भल्भो, अउडी, मासेराती, रोल्स रोयस, पोर्श्चे, जेनीसस, लेम्बोर्गेनी, एस्टन मार्टिन जस्ता ब्राण्ड तत्काल नेपाल आउने देखिदैन ।
टोयोटाको आधिकारीक विक्रेताले लेक्सस अर्डरको आधारमा आयात गरिरहेको छ । तर, कम्पनीले यसको छुट्टै शोरुम, सर्भिस सेन्टर संचालन गरेर नियमित विक्री गर्न सकिरहेको छैन ।
विद्युतीय गाडीको उत्पादन र विक्री बढेसँगै यसमा पनि केही प्रिमियम गाडी उत्पादन गर्ने ब्राण्डका रुपमा अगाडि आएका छन् । विश्व बजारमा रहेका एक्सपीङ, रेभियान, फिस्कर ओसियन, एनआईओ जस्ता ब्राण्डले तत्काल नेपाल जस्तो कमजोर आर्थिक अवस्था भएको देशलाई प्राथमिकतामा राख्ने देखिदैन ।
त्यसैले यी ब्राण्ड कहिलेसम्म नेपाल आउने छन् भन्ने अहिल्यै एकिन गर्न सकिदैन । तर, अमेरिकी ब्राण्ड टेस्ला भने नेपालमा विक्री हुँदै आएको छ ।
मेराे अटाेबाट