डिजिटल प्रचारमा दुई महिनामै  ६० हजार डलर बाहिरियो

नेपालमा सर्वाधिक प्रयोग हुने सामाजिक सञ्जाल प्लाटफर्म फेसबुकमा उम्मेदवारले ‘डलर’ तिरेर गरेको प्रवर्द्धनको खर्च विवरणले डिजिटल प्रचार प्राथमिकतामा परेको देखाएको छ । फेसबुकबाहेक मेसेन्जर, इन्स्टाग्राम, ह्वाट्सएप, भाइबर, युट्युब, टिकटक, गुगल र ट्विटरलगायत डिजिटल प्लाटफर्मलाई दल र उम्मेदवारले मत माग्न प्रयोग गरेका छन् ।

फेसबुकको तथ्यांकअनुसार चुनाव नजिकिएसँगै पछिल्लो सात दिनमा मात्रै उम्मेदवारहरूले आक्रामक खर्च गरेका छन् । १०–१७ कात्तिकसम्मको विवरणमा एउटै उम्मेदवारले फेसबुकमा मात्र एक लाखभन्दा बढी रुपैयाँसम्म प्रचारमा खर्च गरेका छन् ।

सात दिनमा मात्रै दुई सय ४६ व्यक्ति तथा संस्थाबाट प्रचारमा २८ हजार चार सय ४४ डलर खर्च भएको छ । २३ भदौदेखि अहिलेसम्म दल तथा उम्मेदवारले विज्ञापन प्रवर्द्धनमा कुल करिब ६० हजार डलर मेटालाई बुझाएका छन् ।

मेटाको तथ्यांकअनुसार करिब ३० हजार डलर खर्च भइसकेको छ । यसबीचमा चार सय ७४ सय व्यक्ति तथा संस्थाले विज्ञापनमा खर्च गरेका छन् । फेसबुकले देखाएको खर्च विवरण दल तथा उम्मेदवारले गर्न पाउने निर्वाचन खर्च (प्रतिनिधिसभामा २५–३३, प्रदेश सभामा १५–२३ लाख) सीमाभित्र जोडिनेछ ।

राजनीतिक विषयमा विज्ञापन प्रवर्द्धन गर्न गरेको खर्च विवरण देखिने गरी फेसबुक मातृ कम्पनी मेटाले २२ भदौदेखि नेपालमा ‘एड ट्रान्सपरेन्सी टुल’ लागू गरेको छ ।

दल तथा उम्मेदवारले निर्वाचन तथा राजनीतिक विषयमा विज्ञापन प्रवर्द्धन गर्न गरेको खर्च विवरण देखिने गरी फेसबुक मातृ कम्पनी मेटाले २२ भदौदेखि नेपालमा ‘एड ट्रान्सपरेन्सी टुल’ लागू गरेको छ । अन्य सामाजिक प्लाटफर्मले भने डिजिटल प्रवर्द्धनको खर्च विवरण देखाउने नीति नेपालमा लागू गरेका छैनन् ।

पछिल्लो सात दिनमा सबैभन्दा बढी खर्च क्यामेरा चिह्न पाएका काठमाडौं ५ का स्वतन्त्र उम्मेदवार श्री गुरुङले गरेका छन् । ६ कात्तिकबाट फेसबुकमा विज्ञापन प्रवर्द्धनमा खर्च थालेका गुरुङले पछिल्लो एक साता (१०–१७ कात्तिक)मै ९७१ डलर खर्च गरेका छन् ।

सात दिनमा सर्वाधिक खर्च गर्ने दोस्रो नम्बरमा रहेका काठमाडौं ५ कै उम्मेदवार इन्जिनियर सुशान्त श्रेष्ठले सात सय १० डलर तिरेका छन् । तेस्रोमा शंख चिह्न लिएका नेपालका लागि नेपाली पार्टीका भोजपुर प्रतिनिधिसभा उम्मेदवार डा. सुरेश बस्नेतले पाँच सय ६७ डलर खर्चिएका छन् । काठमाडौं ५ (ख)का स्वतन्त्र उम्मेदवार जगन्नाथ लामिछानेले तीन सय ४१ डलर खर्च गरेका छन् ।

कसले कति खर्च गरे ? 

फेसबुकले नेपालमा ७ सेप्टेम्बरदेखि खर्चको तथ्यांक राखेको छ । जसअनुसार १८ कात्तिकसम्म सबैभन्दा धेरै खर्च गर्नेमा गणेश पराजुली (काठमाडौं ७) ६७२ डलर (१५ विज्ञापन), किरण पौडेल (काठमाडौं १) ६४१ डलर (२४ विज्ञापन), अनुप बोहरा (काठमाडौं २) ६२८ डलर (३२ विज्ञापन), कुन्ती पोखरेल (काठमाडौं २) ५६२ डलर (३९ विज्ञापन), सिभेन्द्र केसी (काठमाडौं ४) ५०९ डलर (२३ विज्ञापन), जगन्नाथ लामिछाने (काठमाडौं ५ ख) ४९९ डलर (५ विज्ञापन) र अनिलकुमार झा (धनुषा ३) ४९६ डलर (३१ विज्ञापन) छन् ।

धेर्र खर्च गर्ने अन्य उम्मेदवारमा प्रदीप पौडेल (काठमाडौं ५) २८१ डलर (८ विज्ञापन), सुरजचन्द्र लामिछाने (काठमाडौं १ ख) २६७ डलर (७ विज्ञापन), गगन थापा (काठमाडौं ४) २५८ डलर (२ विज्ञापन)  रहेकाे छ । 

बढी खर्च गर्नेमा शैलेन्द्र बस्नेत (काठमाडौं ५) ४५१ डलर (४० विज्ञापन), शिशिर खनाल (काठमाडौं ६) ४३० डलर (१६ विज्ञापन), परमेश्वर महासेठ (कांग्रेस नेता धनुषा) ४२४ डलर (२९ विज्ञापन), उपेन्द्र यादव (सप्तरी २) ४०५ डलर (१९ विज्ञापन), माई भोट माई फ्युचर (जनचेतनामूलक पेज) ४०५ डलर (१६ विज्ञापन), पम्फा भुसाल (ललितपुर ३) ३८७ डलर (२९ विज्ञापन), मानुषी यमी (काठमाडौं ७) ३८५ डलर (१२ विज्ञापन), डा. तोसिमा कार्की (ललितपुर ३) ३०० डलर (११ विज्ञापन) र अजयकुमार चौरासिया (पर्सा २) २८३ डलर (३४ विज्ञापन) छन् ।

यसबाहेक धेर्र खर्च गर्ने अन्य उम्मेदवारमा प्रदीप पौडेल (काठमाडौं ५) २८१ डलर (८ विज्ञापन), सुरजचन्द्र लामिछाने (काठमाडौं १ ख) २६७ डलर (७ विज्ञापन), गगन थापा (काठमाडौं ४) २५८ डलर (२ विज्ञापन), शिवप्रसाद हुमागाईं (काभ्रे २) २४३ डलर, (२६ विज्ञापन), किरणमान डंगोल (पर्सा १) २३८ डलर (१८ विज्ञापन), महेश बर्ताैला (मकवानपुर २) २३६ डलर (६ विज्ञापन), राममणि न्यौपाने (चितवन १ ख) २२७ डलर (१६ विज्ञापन), ताराबहादुर कुँवर क्षेत्री (काभ्रे २ क) २१३ डलर छन् ।

नयाँ पत्रिकाबाट

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?