साझाकथा संवाददाता
काठमाडाैं, कार्तिक २२
ज्योति साहित्य प्रतिष्ठानले ६ जना श्रष्टा लाई साहित्य पदक प्रदान गर्दै आफ्नो अधिबेशन समेत गरी मणिराज सिंहको अध्यक्षतामा नयाँ कार्यसमिति पुन गठन गरेकाे छ ।
वरिष्ठ साहित्यकार शैलेन्द्र साकारको प्रमुख आतिथ्य र विशिष्ट अतिथि नरेन्द्रराज पौडेल तथा “चोभार ब्लुज” का रचनाकार विक्रमभक्त जोशीको समुपस्थितिमा साहित्यकार उषा आचार्य, राज बाबु श्रेष्ठ ‘सागर’, संगीता ठाकुर, रेणु घिमिरे, लक्ष्मी बडाल र सुष्मिता श्रेष्ठलाई भृकुटीमण्डप काठमाडौंमा एक समारोहबिच “साहित्य पदक” द्वारा सम्मानित गर्यो।
उक्त कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष मणिराज सिंहको अध्यक्षतामा नयाँ कार्यसमिति पनि गठन भयो।कार्यसमितिमा महासचिवमा उषा आचार्य र सचिवमा सुष्मिता श्रेष्ठका साथै सदस्यहरूमा जनार्दन अधिकारी धड्कन, राजबाबु श्रेष्ठ ‘सागर’, लक्ष्मी बडाल, संगीता ठाकुर तथा रेणु घिमिरे सर्वसम्मतिबाट निर्वाचित हुनुभयो।
उक्त अवसरमा प्रमुख अतिथि शैलेन्द्र साकार, विशिष्ट अतिथि नरेन्द्रराज पौडेल र विक्रमभक्त श्रेष्ठ नवनिर्वाचित कर्यसमितिलाई बधाइ दिनुभयो र मन्तव्यसहित सिर्जना वाचन गर्नुभयो।
नवनिर्वाचित कार्यसमितिका पदाधिकारी र सदस्यहरूले समेत कविता वाचन कार्यक्रममा आकर्षण थप्नुभयो। अध्यक्ष मणिराज सिंहले अगामी नोवेम्बर २५, २६ र २७ मा भारतको उत्तर प्रदेशको मेरठर् हुन लागेको भारत नेपाल साहित्य सम्मेलनंंमा संस्थालाई आमन्त्रण प्राप्त भएकोले इच्छुक सष्टाले केही दिनभित्रै नाम टिपाउन अनुरोध गर्नुभयो।