उड्ने इलेक्ट्रीक कारको सफल परिक्षण

ठूलो साइजको ड्रोन जस्तो देखिने यो उड्ने कार सडकमा गुडाएजस्तै जस्तै आकाशमा स्टेरिङ ह्वीलले नै आफ्नो डिरेक्सनमा चलाउनु पर्ने हुन्छ । यसलाई अगाडि पछाडि तल वा माथि लानलाई भने दाहिने हातमा भएको लिभरको प्रयोग गर्नु पर्ने हुन्छ ।

एक्सपेङले प्रोटोटाइप उड्ने कारको पहिलो उडान गरेता पनि यसको उत्पादनको केही जानकारी दिएको छैन । दुई टन तौल भएको कारलाई उडाउन र लामो रेन्जको यात्रा गर्न ब्याट्री कति क्षमताको र कत्रो प्रयोग गर्नु पर्ने हो अनुसन्धाकै क्रममा रहेको कम्पनीको भनाई छ ।

पहिलो इलेक्ट्रीक उड्ने कार बनाएर देखाएसँगै एक्सपेङले ईभीमा अब उड्ने र गुड्ने दुबै प्रयोग गर्न मिल्ने कार निर्माताको ताज हासिल गरेको छ ।

मेराेअटाेबाट

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?